सोह्र संस्कारको परिचय
पढ्नुअघि बुझ्नुहोस्
सोह्र संस्कारको यो परिचय जीवनका विभिन्न संस्कारको अध्ययन सुरु गर्ने पृष्ठ हो। परिचय पढेपछि आवश्यक संस्कारको छुट्टै विस्तृत विधि छान्नुहोस्।
विषयसूची
सोह्र संस्कारहरुका बारेमा पनि विभिन्न कालखण्डका विद्वानहरुमा एकमत रहेको पाईदैन । संस्कार भाष्कर, कर्मकाण्ड भाष्कर, मनुस्मृति, व्यासस्मृति, निर्णय सिन्धु लागायत अनेकौ ग्रन्थहरुमा धेरै मतहरुमा समानता छन् भने केहि कुराहरुमा बिभेद देखिन्छ ।
षोडशिन एष ते योनिरिन्द्राय त्वा षोडशिने । (यजुर्वेद ८। ३३)
अर्थात सोह्र संस्कारहरुले युक्त परमैश्वर्य दिने गृहस्थ धर्म पालन गर्नका लागि तिमिलाई आज्ञा दिन्छु । यजुर्वेदको यस ऋचाबाट के कुरामा ढुक्क हुन सकिन्छ भने हामी गृहस्थीहरूका संस्कारहरू १६ वटा छन् र ती संस्कारहरूको विभिन्न कालखण्डका फरक-फरक विद्वानहरुद्वारा लिखित धर्मग्रन्थ तथा भाष्यका अनुयायीद्वारा आ-आफ्नो तरिकाले परिभाषित गर्ने काम भयो र कालान्तरमा मत बिभाजित भएको मात्र हो तर जे होस् तल ब्याख्या गरिएका संस्कारहरू आजको हिन्दु समाजमा सोह्र संस्कारका नामले जानिन्छन् । गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामांकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म (ब्रतबन्ध), विद्यारम्भ, कर्णवेध, यज्ञोपवीत (उपनयन), वेदारम्भ, केशान्त, समावर्तन, विवाह तथा अन्त्येष्टि । कतै कतै जन्मोत्सब, वानप्रस्थ र संन्यास, श्राध्द ईत्यादि संस्कारलाई पनि सोह्र संस्कारमा गणना गरिएको छ । यसै गरी मनु एवं याज्ञवल्क्यले १३ संस्कार (गर्भाधान, पुंसवन, सीमंतोनयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडाकर्म, उपनयन, केशांत, समावर्तन, विवाह र अग्न्याधान) मा सीमित गरेका छन, अग्न्याधान अन्तर्गत गार्हपत्य, आहवनीय र दक्षिणाग्नि जोडेर उनको मतमा पनि संस्कार सोर्है हुन्छन् ।
गौतम सुत्रानुसार संस्कार -४० वटा हुन्छन् । महर्षि हारीत भने द्विविधो हि संस्कारो – ब्राम्हो दैवश्च भनेर व्याख्या गर्छन् । गर्भाधानादिस्मार्तो ब्राह्म: पाक यज्ञ सौम्याश्च दैब: । अर्थात संस्कार दुई किसिमका छन् ब्राह्म संस्कार र दैव संस्कार । गर्भाधानादि संस्कार जो स्मृति ग्रन्थद्वारा विहित छन् तेस्लाई ब्राह्म संस्कार भनिन्छ र पाकयज्ञ, हवि यज्ञ र सोमयागादिलाई दैव संस्कार भनिन्छ । ब्राह्म संस्कारद्वारा मानवमा ब्राह्मणोचित-ऋषिकल्प गुण तथा समानता र ऋषितुल्य योग्यताको विकाश हुन्छ भने दैव संस्कारद्वारा देव गुण, देव समीपता, दैवीय योग्यता, देव सदृश रूप ईत्यादिको विकाश हुन्छ ।
शास्त्र तथा स्मृतिहरूमा जे जस्ता कुराहरू उल्लेख भए पनि लोकाचार र चलन चल्तिमा रहेका जन्म देखि मृत्यु पर्यन्त गरिने प्रमुख १६ कर्महरूलाई सोह्र संस्कारका रूपमा चिनिन्छ ।
१६ संस्कारहरू (नेपालीमा विस्तृत विवरण)
हिन्दू धर्ममा १६ प्रमुख संस्कारहरू (षोडश संस्कार) छन्, जसले मानिसको जीवनलाई धार्मिक र पवित्र बनाउँछन्। यी संस्कारहरूले व्यक्तिको जीवनलाई पवित्रता, शुद्धता, र आध्यात्मिकता प्रदान गर्छन्।
गर्भाधान संस्कार:
यो संस्कार गर्भवती हुने समयको पवित्रता र शुद्धताको लागि गरिन्छ।
दम्पतीहरूले सन्तानको जन्मको प्रार्थना गर्दै यो संस्कार सम्पन्न गर्छन्।
पुन्सवन संस्कार:
गर्भधारणको तेस्रो या चौथो महिनामा गरिने यो संस्कार सन्तानको स्वास्थ्य र दीर्घायुको लागि गरिन्छ।
विशेष मन्त्रहरू उच्चारण गर्दै गर्भको शुद्धता र सुरक्षा सुनिश्चित गरिन्छ।
सीमन्तोन्नयन संस्कार:
गर्भधारणको छौं या सातौं महिनामा गरिने यो संस्कार गर्भवती महिलाको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न गरिन्छ।
यसमा विशेष प्रकारका पूजा र अनुष्ठान गरिन्छ।
जातकर्म संस्कार:
शिशुको जन्मपश्चात गरिने यो संस्कार नवजात शिशुको स्वागत र शुद्धताको लागि गरिन्छ।
शिशुको जिव्रोमा महले ‘ॐ’ लेखिन्छ र शुद्धिकरण गरिन्छ।
नामकरण संस्कार:
नवजात शिशुको नामकरण गरिने विधि हो।
शिशुको जन्मको १० औं या १२ औं दिनमा यो संस्कार गरिन्छ।
निष्क्रमण संस्कार:
शिशुलाई पहिलो पटक घरबाहिर लाने संस्कार हो।
यो संस्कार शिशुको चतुर्थ महिनामा गरिन्छ।
अन्नप्राशन संस्कार:
शिशुलाई पहिलो पटक अन्न खुवाउने संस्कार हो।
यो संस्कार शिशुको छैटौं या आठौं महिनामा गरिन्छ।
चूडाकर्म संस्कार:
बालकको पहिलो पटक कपाल काट्ने संस्कार हो।
यो संस्कार बालकको तेस्रो वर्षमा गरिन्छ।
कर्णवेध संस्कार:
बालकको कान छेड्ने संस्कार हो।
यो संस्कार बालकको तेस्रो या पाँचौं वर्षमा गरिन्छ।
विद्यारम्भ संस्कार:
बालकको औपचारिक शिक्षा सुरु गर्ने संस्कार हो।
यो संस्कार बालकको पाँचौं या छैटौं वर्षमा गरिन्छ।
उपनयन संस्कार:
शिक्षा आरम्भ गर्ने विधि, जसलाई ‘जनेऊ’ संस्कार पनि भनिन्छ।
यो संस्कार बालकको आठौं या बारहौं वर्षमा गरिन्छ।
वेदारम्भ संस्कार:
वेद अध्ययनको प्रारम्भ गर्ने संस्कार हो।
यो उपनयन संस्कार पछि गरिन्छ।
समावर्तन संस्कार:
शिक्षा सम्पन्न गराउने संस्कार हो।
गुरुकुलबाट फर्किँदा गरिने यो संस्कारलाई स्नातक संस्कार पनि भनिन्छ।
विवाह संस्कार:
वैवाहिक जीवनको प्रारम्भ गर्ने विधि हो।
यो संस्कार जीवनसंगिनीको साथ नयाँ जीवनको आरम्भको लागि गरिन्छ।
विधिवान संस्कार:
गृहस्थ जीवनको कर्तव्य पालन गर्न गरिने संस्कार हो।
यो विवाहपछि गरिने संस्कार हो।
अन्त्येष्टि संस्कार:
मृत्युपछि गरिने अन्तिम संस्कार हो।
यो संस्कार मृत आत्माको शान्तिको लागि गरिन्छ।
निष्कर्ष
१६ संस्कारहरू हिन्दू धर्मको धार्मिक विधिको आधारभूत तत्व हुन्। यी संस्कारहरूले मानिसको जीवनलाई पवित्रता, शुद्धता, र आध्यात्मिकता प्रदान गर्छन्। हिन्दू समाजमा यी संस्कारहरूको पालन गर्नु आवश्यक छ।
सामान्य प्रश्न र उत्तर
सबै संस्कारका पाठ कसरी भेटिन्छन्?
सोह्र संस्कार संग्रहमा प्रत्येक संस्कारको छुट्टै लिंक छ। तलको संग्रह लिंकबाट सूची खोल्न सकिन्छ।
परिचय र अनुष्ठानको विधिमा के फरक छ?
परिचयले संस्कारको सन्दर्भ बुझाउँछ। मन्त्र र विधिको क्रमका लागि सम्बन्धित संस्कारको विस्तृत पाठ पढ्नुहोस्।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड संस्कार पाठसंग्रह र अभिलेखित सन्दर्भ सामग्री।
परिचय, प्रश्नोत्तर र सन्दर्भ अद्यावधिक: । मूल मन्त्रपाठको नयाँ शास्त्रीय समीक्षा भएको दाबी यस मितिले गर्दैन।

