व्रतबन्ध तथा छेवर
उपनयन संस्कार — यज्ञोपवीत धारण गरी ब्राह्मण बन्ने पवित्र संस्कार
आधारभूत पूजाभाडा, नैवेद्य, वस्त्र आदिका लागि "सामान्य पूजा सामग्री" र होम/अग्निस्थापनाका लागि "हवन सामग्री" हेर्नुहोस्।
जुटिकाबन्धन सामग्री
- कुश, दुवो, दुम्सीका काँडा ३ वटा
- सुपारी, पहेलो कपडा, कैची
गणेश बटार्ने सामग्री
- कसारको पीठो, नाङ्लो, पहेंलो बस्त्र, पाएको खुदो
- पञ्चपल्लव, पञ्चरत्न, जनै २ जोर, सिह सुपारी २ गोटा आदि
मातृका पूजाका सामग्री
- दीयो, कलश, गणेश, काठको पिर्का
- गाईको गोवर, दुवो, सामान्य पूजा सामान (चन्दन, अक्षता, फूल, फल, नैवेद्य, कुश आदि)
- अपुंगो, पञ्चामृत, धूपबात्ती, जनै, सुपारी, पानको पात ।
- सौभाग्यका सामग्री (सारी, चोलो, साया, चुरा, पोते, ऐना, धागो, गाजल आदि १ सेट), खुद्रा भेटी, द्रव्य-दक्षिणा श्रद्धा अनुसार।
नान्दी/आभ्युदयिक श्राद्ध सामग्री
- चन्दन, अक्षता, पूल, फल, नैवेद्य,कुश, जनै सुपारी सिदा ७ वा ५ भाग (चलन अनुसार) ऋषि ६ ।
- धूपबत्ती, दियोबत्ती, चन्दन, अक्षता, फूल, खुद्रा भेटी, द्रव्य-दक्षिणा श्रद्धा अनुसार।
ग्रहशान्ति (नवग्रह पूजा सामग्री)
नवग्रह समिधा (नौ थरिका दाउरा -आँक, पलास, खयर, अपामार्ग, पिपल डुम्री, समी, दुवो, कुश) बुट्टे कपडा, छाता, जुत्ता, कालो वस्त्र, दही अक्षता, राता, सेता, पहेला, हरिया, काला अक्षता, फूल आदि ।
चूडाकर्म (केश काट्ने संस्कार) सामग्री
- तीन ठाउँमा सेतो भएको दुम्सीको काँडा, प्रणीतापात्र, प्रोक्षणीपात्र, सुरो
- कुशका २७ ओटा लामा टुक्रा, सुनको र चाँदीको छुरा
- काँसको कचौरा, काँसको थाल, पलासको समिधा
- तातो र चीसो पानी, घिउ, नौनी, पूर्णपात्रको सरजाम
- गाईको गोबर, पहेलो कपडा, कैंची, ब्लेड/रेजर
- काँसको थाली, काँसको कचौरा-२, चेलिवेटी (मामाले दिने भेटी) आदि
उपनयन सामग्री
- मृगचर्म (मृगको छाला) १ थान
- लट्टी २ वटा (पैयु वा सिमलीका)
- मेखला (पहेलो कमिज, फेटा, लगौटी, कन्धनी सहित)
- झोली २ वटा (सुनथैली सहित)
- भिक्षा माग्ने दियो १, भिक्षा दानका सामग्री, भिक्षा चाप्ने डाली ।
- आचमनी पञ्चपात्रो, कुशासन
- मन्त्रदान गर्दा चाहिने सामग्री (दोसल्ल, वस्त्र, फलपूल, भेटी आदि)
- वेदको पुस्तक, मन्त्र सुनाउने गुरूकालागि वस्त्र दक्षिणा आदि।
स्थानीय परम्पराअनुसार केही सामग्रीहरू फरक हुन सक्छन्, यहाँ उल्लिखित सामग्रीहरू सामान्यतया ब्रतबन्ध/उपनयन पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

