नामकरण (न्वारन)
शिशुको नामकरण संस्कारका लागि आवश्यक सम्पूर्ण आधारभूत सामग्रीहरू जस्तै: पूजाभाडा, नैवेद्य, वस्त्र आदिका लागि "सामान्य पूजा सामग्री" र "हवन सामग्री" हेर्नुहोस् वा तलको लिस्ट अनुसार तयार गर्नुहोस्।
पूजाभाडा
- कलश ४ सानो, १ ठूलो
- पन्चपात्रो-आचमनी, कर्मपात्रो बनाऊने तामाको भाडो
- शंख-घण्ट, तामाको थाली (विष्णुपादूका)
- रातो पेपर वा प्लाष्टिक प्लेट र कचौरा – १०-१२ थान
- प्लाष्टिकको चम्चा – १० गोटा, पेपर टावेल – १ रोल
पूजा सरजाम
- गंगाजल, गौमूत्र (अनिवार्य), धूप, अगरबत्ती, दीयो १
- सिन्दूर, चन्दन, अक्षता, अबिर, केशरी
- जौ, तिल, सर्स्यू, सर्बोषधि, कपूर
- जनै ४-५, दूबो, पान, सुपारी ४-५
- पञ्चामृत (दूध, दही, घ्यू, मह, चिनी)
- सुकेको नरिवल १, रक्षाबन्धनको धागो १
- कुश, गणेशको प्रतिमा
नैवेद्य र फलफूल
- फलफूल (केरा, सुन्तला, स्याउ, नरिवल)
- प्रसाद (खीर, मिठाई)
- बालक/बालिकाका लागि विशेष कपडा उपहार
हवन सामग्री
- हवन सामग्री १ प्याकेट
- हवनको लागि घ्यू १ कचौरा जति
- चामल ४-५ पाउण्ड जति
- दाउरा – १ फिटका ४० वटा जति
- ईट्टा/बालुवा/माटो — अग्निस्थापना गर्ने भाडो
वस्त्र तथा अन्य सामग्री
- रातो-सेतो-पहेलो कपडा १/१ मिटर जति (मिले सम्म)
- पूर्णपात्रो, फूल १ थाली जति
- रेखी हाल्नको लागि चामलको पीठो १ प्याकेट
- भलायोको ठेलो (भेटेमा), पिपलको पात (अनिवार्य)
- नाम सुनाऊने १ भाग सिदा (चलन अनुसार)
- चढाउने खुद्रा भेटी, द्रव्य-दक्षिणा श्रद्धा अनुसार
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

