श्राद्ध सामग्री
पढ्नुअघि बुझ्नुहोस्
श्राद्धको तयारीका लागि यहाँका सामग्री हेर्नुहोस्। एकोदिष्ट, पार्वण र तर्पणका विधि फरक पृष्ठमा भएकाले आवश्यक पाठ पनि सँगै छान्नुहोस्।
तर्पण/श्राद्ध आदिमा सम्भव भएसम्म श्राद्धमा चाँदी वा तामाका पात्र प्रयोग गर्नुपर्दछ। स्टील/फलामका पात्र त निन्दित छन् ।
एकोद्दिष्ट श्राद्धको सामग्री
- पूजा सरजाम, श्रीखण्ड चन्दन, केशरी, अक्षता, जौ, तिल
- पितृलाई मनपर्ने सेतो पहेलो फूलहरू, अगस्ती, भृगराज, चाँप, तिलपुष्प
- सेतोवस्त्र, जनै, सिंगो सुपारी, बालुवा, पानको पात, टक्करको फूल र पात
- केरा, फलफुल, पक्वान्न, मासको बारा, धुपवत्ती, कपूरबत्ति
- दियो बाल्न एक टपरी चामल, ब्राहृमण थाप्न एक भाग चामल
- दुई भाग सिधा, पिण्डको लागि चामल वा जौको पिठो, कालो तिल
- खगौतो, कर्मपात्र, अर्घ, पञ्चपात्र, आचमनी र आवश्यक मात्रामा दुना टपरी
- कुश (अनिवार्य) मोटक, औठी, पवित्र इत्यादिका लागि
- कर्ताले लाउने धोती/उपर्ना, खुद्रा भेटी, दक्षिणा
महालय श्राद्धको सामग्री
- दियो बाल्न १ टपरी चामल, ५ भाग ब्राह्मण, ५ टपरी चामल, ६ भाग सिधा
- पूजा सरजाम, जौ, तिल, कुश, चन्दन, अक्षता, सेतो वा पँहेलो फूल, धूप, बत्ती
- कपुर, नैवेद्य, पक्वान्न, फलफूल, सेतो वस्त्र, सूत्र, जनै, सुपारी, पान
- सिद्धान्न, दुध, दही, घिउ, मह, सख्खर वा चिनी, बालुवा, मासका बारा (फुलौरा)
- पिण्डका लागि पायस वा जौको पिठो, तेल, दियो
- टपरी, बोहोता, दुना, चारकुने, आसनी, पञ्चपात्र
- कर्मपात्र, अर्घ, खगौतो, बालुवा, विष्णुपादुका, गङ्गाजल
- कुश (अनिवार्य) मोटक, औठी, पवित्र इत्यादिका लागि
- कर्ताले लाउने धोती/उपर्ना, भेटी, दक्षिणा
तर्पण गरिएका समस्त पितृहरूको दोब्बर-भन्दा सत्रोटा बेसी मोटक, पच्चीसओटा दुना, कर्मपात्र बनाउन दुइटा तामाका थाली, कुशे ब्राह्मण चार (विश्वेदेव दुई र पितृ दुई)।
एकापार्वण श्राद्धको सामग्री
एकपार्वणमा तीन पिण्ड चाहिन्छ। यौटा विश्वेदेव र यौटा पितृब्राह्मण गरी जम्मा दुईटा कुशे ब्राह्मण थापिन्छन्।
- दीयो, दुना, कुश, मोटक, पवित्र आदि एकोद्दिष्टमा जति नै चाहिन्छ
- दुइटा कर्मपात्र, तीन सिधा, बाँकी एकोद्दिष्टमा जस्तै हो
- कातेका बत्ती, पान-जनै, वस्त्र, घिउ-मह-जल
- वेदी बनाउन शुद्ध माटो वा बालुवा
- पिण्ड पकाउन गाईको काँचो दूध
- पिण्ड पकाउन स्टील वा फलाम बाहेकको भाँडो
- नैवेद्यहरू, कपूर, भेटी, दक्षिणा
- कुशासन, कम्बलासन, कर्मपात्रो बनाउन तामाको थाली
तीर्थ श्राद्धको सामग्री
तीर्थश्राद्धमा ब्राह्मण थाप्नुपर्दैन, सिधा चाहिन्न, बत्ती बाल्नुपर्दैन।
- कुश, कर्मपात्र
- पितृसंख्याको दोब्बरभन्दा चार/पाँच ज्यादा मोटक
- कुशका टुक्रा
- पिण्ड दिने वेदी बनाउन बालुवा
- पिण्डका लागि जौको पीठो
- मह, तिल, जल, जौ, जनै
आभ्युदायिक (नान्दी) श्राद्ध पूजासामग्री
आधारभूत पूजाको सरजाम भाग १ का साथमा:
- गाईको दूध, फलफूल, दक्षिणा, वस्त्र, कर्मपात्र, पान, अमला, बयर
- गोदान सामग्री, भेटी, मह, पूजाको भाँडा
- चामल ६ टपरी, नैवेद्य ६ भाग, कुशका ब्राह्मण ६ वटा
- जनै ६ जोरभन्दा माथि, सुपारी ६ वटा, सीधा ७ भाग
- दाख र दक्षिणा यथासक्दो आदि
दाहसंस्कारको सामग्री
- शवलाई फेराउने धोती, जनै, चन्दन, फूल, अवीर, माला, लाभा, पीताम्बर
- चिता बनाउने दाउरा, श्रीखण्ड, तुलसीको डाँठ, कपूर, घिउ
- मुखमा हालिदिने सुन, चाँदी, रत्न
- छातीमा राखिदिने चामल, रुपियाँ, पैसा, वस्त्र
- चितामा पिण्ड दिने — गाईको दूध, चामल, तिल, कुश
- अञ्जली दिने — तिल र कुश आदि
दशदानको सामग्री
- कर्मपात्र, फूल, कुश
- दशदानको वस्तुमा हाल्ने पात्रहरू वा बोहोता (दुना), टपरी
- १० जना ब्राह्मण, गाई, भूमि, तिल, सुन, धान, घिउ, वस्त्र, चाकु, चाँदी, नून वा यी बराबरको मूल्य आदि
नारायणवलीमा चाहिने सामग्री
पूजाको भाँडा, गणेशपूजा, अन्य देवताहरूको पूजा, होम, पार्वणश्राद्धको सरजाम, कर्मपात्र, पञ्चगव्य, पञ्चामृत, पञ्चरत्न, पञ्चपल्लव, सप्तधान्य, सप्तमृत्तिका, सर्वौषधि, गाईदान, वस्त्र (रातो, कालो, सेतो), विष्णु र पितृको प्रतिमा, चाँदीको ब्रह्माको प्रतिमा, तामाको शिवको र फलामको यमराजको प्रतिमा, तामाको कलश ५, थाली ५, गोदान, जनै ५ जोर, सुन, चाँदी, शंख, दूध र दक्षिणा आदि।
*यो नारायणवली विशेषतः दुर्घटना वा अन्य कारणले शव नफेला परेकाहरूको मृत्युसंस्कार गर्न प्रयोग गरिन्छ, तर अन्य अवस्थामा मृत्यु हुँदा पनि यो पुण्यदायक मानिन्छ।*
अष्टमहादान सामग्री
आधारभूत पूजाको सरजाम भाग १ का साथमा:
- कर्मपात्र, कुश
- १. सुन २. फलाम ३. कपास ४. तिल ५. नून ६. भूमि ७. गाई ८. सप्तधान्य
- दानप्रतिष्ठा, भेटी र दक्षिणा आदि
सामान्य प्रश्न र उत्तर
कुन श्राद्धका लागि कुन पाठ छान्ने?
एकोदिष्ट र पार्वणका छुट्टाछुट्टै पाठ सम्बन्धित लिंकमा छन्। अनुष्ठानको प्रकार पुरोहितसँग निश्चित गरेर पाठ छान्नुहोस्।
सम्बन्धित पाठ र तयारी
- एकोदिष्ट श्राद्ध
- पार्वण (महालय) श्राद्ध
- तर्पण विधि
- श्राद्ध पूजा सामग्री सूची — एकोदिष्ट, पार्वण र तीर्थ
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।
परिचय, प्रश्नोत्तर र सन्दर्भ अद्यावधिक: । मूल मन्त्रपाठको नयाँ शास्त्रीय समीक्षा भएको दाबी यस मितिले गर्दैन।

