सत्यनारायण पूजा
सत्यनारायण विशेष पूजाका लागि आवश्यक सामग्रीहरू
- पञ्चपात्र आचमनी, अर्घ्य पात्र, कर्मपात्र लगायतका पूजाभाँडाहरु
- रेखीको पीठो, केशरी, अबिर, सिन्दूर, श्रीखण्ड (चन्दन)
- रातो सेतो कपडा २ भाग, पहेंलो कपडा १ भाग,
- सत्यनारायणलाई शौभाग्य कपडा १ भाग (बुट्टे कपडा, चुरा, धागो, पोते, ऐना, सिंदुर)
- तिल, जौ, रायो, सर्स्यूं, पञ्चगव्य
- सर्वोषधी, पञ्चपल्लव, पञ्चरत्न
- सिङ्गो सुपारी १० वटा, जनै
- धूप बत्ती, कपुर, धुपौरा, पूजा थाली
- सुनको प्रतिमा, नारायणका लागि वस्त्र
- दूध, दही, घिउ, मह, चिनी (पञ्चामृत)
- मिष्ठान्न (मिठाई) पक्वान्न, खीर, अपुङ्गो
- जाइफल, फलफूलहरू, पान मसला
- १ थाली फूलहरू, दूबो, तुलसी पत्र
- कलश सानो र ठुलो २ वटा
- चानचुन पैसाहरु र ब्राम्हणलाई दक्षिणा,
- पूर्णपात्रः– चामल, जनै, सुपारी, फलफुल, भेटी समेत १ भाग
- शङ्ख, घण्टी ईत्यादि
स्थानिय परम्पराअनुसार केही सामग्रीहरू फरक हुन सक्छन्, यिनै सामग्रीहरू सामान्यतया सत्यनारायण पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

