सामान्य पूजा सामग्री
प्रायः सबै प्रकारका पूजामा साझा रूपमा चाहिने आधारभूत सामग्रीको सूची। होम/अग्निस्थापना गर्नुपर्ने पूजाका लागि थप "हवन सामग्री" पनि हेर्नुहोस्।
पूजाभाडा तथा सरजाम
- कलश (४ सानो, २ ठूलो), तामाको थाली (विष्णुपादूका)
- पन्चपात्रो-आचमनी, कर्मपात्रो बनाऊने तामाको भाडो
- शंख-घण्ट, गंगा जल, गौमूत्र, सप्तमृत्तिका
- आँप, चाँप, पिपलको पात, बेल पत्र, तुलसी पत्र
- दूबो, मौसमी फूलपत्र १ थाली जति, फूल-माला (भएमा)
- अर्घमा हाल्ने सामग्री: जौ, तिल, कुश, चन्दन, अक्षता, फूल, दूवो, सरस्युँ, दही, जल, दूध, घिऊ आदि
धूप दीप र रंग सामग्री
- धूप, अगरबत्ती, दीयोबत्ती १ (घ्यू वा तेल), कपूर, धुपौरा
- सिन्दूर, चन्दन, अक्षता, अबिर, केशरी, जौ, तिल
- सर्स्यू, सर्बोषधि, पञ्चामृत (दूध, दही, घ्यू, मह, चिनी)
नैवेद्य तथा फलफूल
- पान मसला, फलफूल (केरा, सुन्तला, स्याउ आदि)
- अपुंगो, मिठाई, लड्डु, मिष्ठान्न, पकवान्न नैवेद्य
- सुकेको नरिवल १, काँचो नरिवल १
वस्त्र तथा दक्षिणा
- रातो-सेतो-पहेलो कपडा १/१ मिटर जति (मिले सम्म)
- ब्राम्हण वरणको कपडा, सौभाग्यको सामान – १ जोर
- खुद्रा भेटी, द्रव्य-दक्षिणा श्रद्धा अनुसार, दुना बोगोता (आवश्यकता अनुसार)
भाँडा-कुँडा (आवश्यक परे)
- आवश्यकता अनुसार दुना-टपरी ईत्यादि, विदेशमा भए पेपर/प्लाष्टिक प्लेट-कचौरा १०–१२ थान
- प्लाष्टिकको चम्चा १० गोटा, पेपर टावेल – १ रोल
माथिको सामान्य सूची अन्य धेरै पूजाहरूको आधार हो। कुनै विशेष पूजाको पानामा "सामान्य पूजा सामग्री हेर्नुहोस्" भनेर उल्लेख भएमा, त्यहाँ यही सूची लिनुहोस् र त्यसपछि सोही पानामा देखाइएका थप विशेष सामग्री मात्र थप्नुहोस्। श्राद्ध, दाहसंस्कार, दशदान, नारायणवली, अष्टमहादान र गाईदान जस्ता पूजाका सामग्री यो सामान्य सूचीभन्दा फरक भएकाले ती पानामा यो सूची लागू हुँदैन।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

