लाखबत्ती पूजा
आधारभूत पूजाभाडा, नैवेद्य, वस्त्र आदिका लागि "सामान्य पूजा सामग्री" र होम/अग्निस्थापनाका लागि "हवन सामग्री" हेर्नुहोस्।
लक्ष (लाख) बत्ती बाल्ने थप सामग्री
- रेखिको पिठो (रातो र सेतो मिसाएको), अविर, केशरी, सिन्दुर, जौ, तिल, रायो, सरस्युँ, पञ्चरत्न, सर्वोषधी, पञ्चामृत (दहि, दुध, ध्यू,मह, सख्खर)
- फूल, दुवो, तुलसिपत्र, आँप, पिपल, चाँपका पातहरु (पञ्चवल्लभ) ५ मुठा र फूलमाला ७ वटा,
- टपरी १५ वटा, वोता ४० वटा र चारकुने १५ वटा, जनै २० जोर, सुपारी २० वटा र काँचो धागो १ लक्षी र वेसार समेत,
- रातो कपडा १ मिटर र सेतो कपडा १ मिटर, पकाएको नैवेद्य, पान ४ विडा, सिङ्गो नरिवल २ वटा र चढाउने मसला ४ भाग,
- पुजाभाँडाहरु, (५ वटा कलश र तामाको कलश १, तामा थाली १ समेत) शंख, घण्ट, धान ५ किलो, चामाल १० किलो, धुपवत्ति, कपुर, (धुप वाटेको र सिन्के २ मुठा ),
- हवन गर्ने ठाउँ (ईंटा र माटो अथवा आल्मुनियम फोईल), हवन गर्न चरु (चामल, जौ, तिल, किसमिस, अमला, ऊखु, ध्यू समेत ५ पाथी),
- हवन गर्न ध्यू माना अथवा कचौरामा र दाउरा समेत, लाख बत्तिको लागि ५ वटा ठूलो पाला, चाँदीको दियो १ वटा र सुनको वत्ति (तार) १ वटा,
- ऊखु ५ वटा टुक्रा (बत्ति चलाउनको लागि), पशुपतिनाथ, भगवती, गणेश (पुजासामान, पञ्चामृत, फलफूल, नैवेद्य, वस्त्रकपडा र सिङ्गोनरिवल १),
- दम्पति पुजाको लागि सौभाग्य, कपडा (गच्छे अनुसार),
- व्राम्हणहरुको संख्या अनुसार वरण गर्दा (धोती, गञ्जी, टोपी, रुमाल अथवा सिलाएर लागउन पुग्ने कपडाहरु आफ्नो गच्छे अनुसार), पुर्णपात्रो (चामल, भेटी),
- घृत छायाँ (कचौरा, सुन प्रतिमा २ वटा पुजाको लागि समेत), वलि फाल्न चामल, कालोदाल, फलाम, पैसा, वेसार,
- ब्राम्हणहरुलाई दक्षिणा, भेटी घाटी गोदानको लागि चानचुन रुपियाँ पैसाहरु ।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

