विवाह संस्कार
शुभ विवाह संस्कारका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री
आधारभूत पूजाभाडा, नैवेद्य, वस्त्र आदिका लागि "सामान्य पूजा सामग्री" र होम/अग्निस्थापनाका लागि "हवन सामग्री" हेर्नुहोस्। तल विवाहसँग सम्बन्धित थप विशेष सामग्रीहरू मात्र दिइएको छ।
विवाहका थप सामग्री
- कसारको पीठो, पहेलो वस्त्र, सखर, पञ्चपल्लव, दुबो
- दहीको ठेकी, पेरुङ्गो, उखु, माछा, पालुङ्गो, धान, केराको पात, सिन्का
गणेश बटार्ने सामग्री
- कसारको पीठो, नाङ्लो, पहेंलो बस्त्र, पकाएको खुदो
- पञ्चपल्लव, पञ्चरत्न, जनै २ जोर, सिंगो सुपारी २ ओटा आदि
मातृका पूजाका सामग्री
- दीयो, कलश, गणेश, काठको पिर्का
- गाईको गोबर, दुबो, सामान्य पूजा सामान (चन्दन, अक्षता, फूल, फल, नैवेद्य, कुश आदि)
- अपुंगो, पञ्चामृत, धूपबत्ती, जनै, सुपारी, पानको पात ।
- सौभाग्यका सामग्री (सारी, चोलो, चुरा, पोते, ऐना, धागो, गाजल आदि १ सेट), खुद्रा भेटी, द्रव्य-दक्षिणा श्रद्धा अनुसार।
आभ्युदायिक (नान्दी) श्राद्ध पूजासामग्री
- आधारभूत पूजाको सरजाम भाग १ का साथमा:
- गाईको दूध, फलफूल, दक्षिणा, वस्त्र, कर्मपात्र, पान, अमला, बयर
- गोदान सामग्री, भेटी, मह, पूजाको भाँडा, चन्दन, अक्षता,
- चामल ६ टपरी, नैवेद्य ६ भाग, दाख, कुशका ब्राह्मण ६ वटा
- जनै ६ जोरभन्दा माथि, सुपारी ६ वटा, सिदा ७ वा ५ भाग (चलन अनुसार)
- द्रव्य-दक्षिणा श्रद्धा अनुसार।
ग्रहशान्ति (नवग्रह पूजा सामग्री)
नवग्रह समिधा (नौ थरिका दाउरा -आँक, पलास, खयर, अपामार्ग, पिपल डुम्री, समी) दुवो, कुश बुट्टे कपडा, छाता, जुत्ता, कालो वस्त्र, दही अक्षता, (राता, सेता, पहेला, हरिया, काला अक्षता), फूल आदि ।
विवाह दिनका सामग्री
- लग्न पत्र, लगनगाँठोको कपडा, सिन्दुरे कपडा, छिटको कपडा, सिन्दुरको बट्टा, सिन्दुर, पोते, गरगहना, खुद्र पैसा आदि।
- जनै, सुपारी, माहुर (चलन अनुसार)
- बेहुलीका लुगा गरगहना आदि।
- नाङ्लो (बेहुली पक्षकाले लैजाने)
चतुर्थीका हवन सामग्री
अग्निस्थापना हवन सामग्री ("हवन सामग्री" पाना हेर्नुहोस्)
दुलहीतिर विवाह सामग्री (कन्या पक्षमा हुने)
सामान्य पूजाको सामग्री १ भाग, पूजाको भाँडा, यज्ञ बनाउने सरजाम, होमको सरजाम, मातृका पूजाको सरजाम, आभ्युदायिकको सरजाम, घडा थाप्ने सरजाम, लग्न लेख्ने सरजाम, कपडा छेक्ने सरजाम, भार बाँध्ने सरजाम, कलश बनाउने सरजाम, गणेश बटार्ने सरजाम, विस्कुन सुकाउने सरजाम, बुकुवा लाउने सरजाम, माहुर लेख्ने कागज, कैंची, कलश, कचौरा, सगुन, लग्नको लागि वस्त्र र गहना, टीकासहित दक्षिणा आदि।
दुलहीतर्फ यज्ञसामग्री (होम, पुण्याहवाचन र पूजाको सामग्री)
पूजाको भाँडा, बस्ने बिछ्यौना, लाभा, केराको पात, लोहोरो, सिलौटो, नाङ्लो, तामाको गाग्रो, गुप्ताहुतीको वस्त्र, दही, अक्षता, जनै, सिन्दूरे कपडा, माहुरको लागि थाल, कचौरा, त्रिमधु, नैवेद्यहरु, दाल, चामल, चिउरा, कसार, वेसार, रातो बत्ती, गोदान, भेटी र दानदक्षिणा आदि।
कन्यादान सामग्री
दुलहीलाई चाहिने सम्पूर्ण गरगहना सहित ओढ्ने ओछ्याउने कपडा, पञ्चामृत, पञ्चपात्रो, आचमनी, कर्मपात्र, शंख, आसनी, पूजाको भाँडा, कुश, तिल, दूवो, सरस्यूँ, लाभा, पहेँलो कपडा, लगन गाँठोको कपडा, जनै सुपारी, पान, हलेदो, वरकन्यालाई दिने पोशाक, गाई, दानप्रतिष्ठा, भेटी र दक्षिणा यथासक्दो आदि।
दुलाहा अन्माउँदा चाहिने सामग्रीहरू
पूजाको सरजाम, पूजाको भाँडा, सगुन, फूलको माला, दुवोको माला, आमालाई ढोग्ने भेटी, दही र गुरुभेटी आदि।
दुलाहाले दुलहीलाई दिने सामग्री: आफ्नो गच्छेअनुसारका विभिन्न प्रकारका वस्त्र, अलंकार, गरगहना, सिन्दूर, चुरा, पोते र श्रृंगारका सामग्रीहरु।
दुलही भित्र्याउँदाको सामग्री
आरतीको सरजाम, दुलहीले कुल्चने बत्ति, पाला, पाथी भर्ने धान, जनै, सुपारी, पान, पैसा र दक्षिणा आदि।
स्थानीय परम्पराअनुसार केही सामग्रीहरू फरक हुन सक्छन्, यहाँ उल्लिखित सामग्रीहरू सामान्यतया विवाहकालागि मोटामोटी सामग्रीको रूपमा प्रयोग गरिन्छ।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

