जन्म शान्ति
खराब नक्षत्र/ग्रहमा जन्मेको, ग्रहणमा जन्मेको, वा अन्य ग्रह-दोष हटाउनका लागि गरिने शान्ति पूजाहरूको सामग्री
आधारभूत पूजाभाडा, नैवेद्य, वस्त्र आदिका लागि "सामान्य पूजा सामग्री" र होम/अग्निस्थापनाका लागि "हवन सामग्री" हेर्नुहोस्। तल हरेक प्रकारको शान्ति पूजाका थप विशेष सामग्री दिइएको छ।
ग्रहशान्तिको सामग्री
- नवग्रहको समिधा (नौ थरिका दाउरा — आँक, पलास, खयर, अपामार्ग, पिपल, डुम्री, समी, दुवो, कुश)
- पञ्चपल्लव, ग्रहवेदीमा ढाक्ने कपडा, चंदुवा
- छाता, जुत्ता, लठ्ठी, खराउ (चप्पल)
- हलेदो, बेसार, खरानी, वेलपत्रको धूलो
- पञ्चरंगी वस्त्र, सुनको प्रतिमा, दही, अक्षता, भेटी, ब्राह्मणभोजन र दक्षिणा यथासक्दो
ग्रहण जन्म शान्तिको सामग्री
- पञ्चामृत, पञ्चरत्न, सातठाउँको माटो, पञ्चपल्लवका बोक्रा (पाँचथरीका पातका), पलाश, दूबो, आँप, सर्वोषधी, पूर्णपात्र
- नक्षत्र-देवताको सुनको प्रतिमा -१, राहुको प्रतिमा -१, सीसाको थाली ३, कलश -३, वस्त्र
- सूर्यग्रहणमा जन्मेको भएमा सूर्यको सुनको प्रतिमा १ र अरु सब चीज रातो
- चन्द्रग्रहणमा जन्मेको भएमा चन्द्रमाको चाँदीको प्रतिमा -१ र अरु सबै चीज सेतो, राहु पूजाको सरजाम कालो
- पूर्णपात्र, पाठको पुस्तक, पुरुषसूक्त, भेटी, ब्राह्मणभोजन र यथासक्दो दक्षिणा
औंसी जन्म शान्तिको सामग्री
- शिवको प्रतिमा सुनको १, इन्द्रको प्रतिमा सुनको १, पितृको प्रतिमा सुनको १
- पञ्चगव्य (गाईको गहुँत, गोबर, दूध, दही र घिउ मिलाएको), कलश ३, थाली ३, धान ३ टपरी
- हजारछिद्र भएको गाग्री, गाई, वस्त्र (ऊनी, सूतीको), घिउ, गुड
- (होमको लागि) पीपल, पाखुरी, पलाश र खयरका समिधा, रुद्रीको सरजाम
- पूर्णपात्र (२५६ मुठी वा १ पाथी वा २ माना चामल डालो, प्याङ्/टपरी कुनै पात्रमा हालेर जनै, वस्त्र, सुपारी, द्रव्यहरू समेत राखेर ब्रह्मालाई दिइने दक्षिणा)
- पाठको पुस्तक, पुरुषसूक्तको पुस्तक, भेटी, ब्राह्मणभोजन र दक्षिणा यथासक्दो
अश्लेषा जन्म शान्ति पूजासामग्री
- गोमुख-प्रसवको सरजाम (माथि "गोमुख प्रसव पूजासामग्री" हेर्नुहोस्)
- सुनको प्रतिमा ५ वटा वा चाँदीका प्रतिमा ५ वटा, तामाका कलश ५ वटा, तामाका थाली ५ वटा, धान ५ टपरी
- तामाको चाल्नो १, तिल, वस्त्र, सरस्यूँ, खिचडी, पञ्चगव्य, खीर, गाई, सुन, सर्वौषधी
- पाठको लागि पुस्तक, भेटी, ब्राह्मणभोजन र यथासक्दो दक्षिणा
खराब महिनामा दाँत आउने शान्ति पूजासामग्री
- पूजा गर्ने थाली १, होमको सरजाम, बालक राख्ने हात्ती वा सुनको पीक वा डुङ्गा
- सुनको प्रतिमा -१, कलश १, धान १ टपरी, पूर्णपात्र, पञ्चगव्य
- सुगन्धित द्रव्य, वस्त्र, फलफूल, माला, पुस्तक भेटी, ब्राह्मणभोजन आदि
गोमुख प्रसव पूजासामग्री
- पञ्चगव्य, हवनको सरजाम, पूजाको भाँडा, गाई, धान, कालोतिल
- सेतो कमल, रातो कपडा, नाङ्लो, भेटी, ब्राह्मणभोजन र दक्षिणा यथासक्दो
कालसर्पयोग शान्ति पूजासामग्री
- पञ्चपल्लव, घिउ, पूर्णपात्र -५, पञ्चपात्र सेट -५, चामल, गहुँ, जौ, तिल, माटो, प्रसाद
- चाँदीको सर्पसर्पिणी एक जोडा, तामाको ठूलो सर्पको प्रतिमा, नागपाश यन्त्र
- फलफूल, माला, शंकर, चन्दन, चुरा, धूप बत्तिसा, दूध, दही, अबीर, सिन्दुर, कालो रंग
- बदाम, पिस्ता, काजू, दाख, नरिवल, कपूर, केसरी, बेलपत्र, यज्ञसमिधा, दूबो
- राहुको मूर्ति, केतुको मूर्ति, गुड, मुसुरोको दाल, मुगीको दाल, कपास, अगरबत्ति
- द्रव्य, ओखर, मिश्री, जनै, मौसमअनुसारका फलफूल, गणेशको मूर्ति
- रातो र सेतो कपडा १ मिटर, धोती, कम्बल, सुन, चाँदी र काँसको तार र दक्षिणा यथासक्दो
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

