अन्नप्राशन (पास्नी)
शिशुको पहिलो अन्न संस्कार (भातखुवाउने)
आधारभूत पूजाभाडा, नैवेद्य, वस्त्र आदिका लागि "सामान्य पूजा सामग्री" र होम/अग्निस्थापनाका लागि "हवन सामग्री" हेर्नुहोस्।
अन्नप्राशनका थप सामग्री
- मातृकापूजाको सरजाम, पञ्चस व्यञ्जन (सबै प्रकारको खानेकुरा)
- एक पाथी वा एक माना चामलको भात
- धेरै थरीका दाल र तरकारीहरू
- विभिन्न किसिमका मेवा मिष्ठान्नहरू
- पान, दही, पालुङ्गो, सुन, चाँदी
- बालकलाई पोशाक, लुगा, गरगहनाहरू
- तर्साउने चिज-वस्तु/मान्छेहरू (माउरी, बाघ आदिका मुखुण्डो जस्ता)
- आजीविका विचार गर्ने सरसामग्रीहरू (कलम, कापी, तरवार, वस्त्र, सुन, चाँदी आदि — शिशुले पहिलो पटक छोएको वस्तुले भविष्यको रुचि देखाउँछ भन्ने चलन)
- ब्राह्मणभोजन र दक्षिणा यथासक्दो आदि
चतुर्थी सामग्री (जूठो खाने संस्कार)
- होम गर्ने सामग्री, जूठो खाने सामग्री
- थाल, घिउ, कसार, रोटी, पैसा
- दुलाहा-दुलही नुहाउने सामग्रीहरू (साबुन, पानी, धोती, रुमाल)
- माहुर लुकाउने खड्कौंली (सानो ताउलो), पानी माहुर
- पाकेको ईंट, पञ्चपल्लव, भारी, कोपरा, पैसा र दक्षिणा यथासक्दो
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

