भाइटीका
दिदीबहिनीले भाइको दीर्घायु र समृद्धिका लागि गर्ने विशेष पूजा
पूजाको तयारी
दैनिक गरिने नित्यकर्म सकेर दियो, कलश, गणेश ठीक पार्ने। त्यसपछि बिमिरो आदि फलमा यमराज पूजाको तयारी गर्ने। मार्कण्डेयलगायत अष्टचिरञ्जीवीको पूजा गर्नका लागि पनि सबै पूजा सामग्री तयार गरेर राख्ने।
टीका सामग्री
- सात रङ
- अबिर, पीठो, अक्षता
- तेल
- माला
पूजा सरजाम
- दियो, कलश, गणेशको प्रतिमा
- बिमिरो (यमराज पूजाका लागि)
- पहेँलो कपडा (बिमिरो बेर्न)
- कर्मपात्र, कुशका टुक्रा
- चन्दन, अक्षता, फूल
- धूप, दीप
नैवेद्य सामग्री
- मिष्ठान्न (खानेकुरा)
- उपहार
- फलफूल
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

