गृहपूजा
नित्य गृह पूजा र हवनका लागि आवश्यक सामग्रीहरू
पूजाभाडा तथा सरजाम
- कलश ४ सानो, २ ठूलो, तामाको थाली (विष्णुपादूका)
- पन्चपात्रो-आचमनी, कर्मपात्रो बनाऊने तामाको भाडो
- शंख-घण्ट
- आँप, चाँप, पिपलको पात, बेल पत्र, तुलसी पत्र
- दूबो, मौसमी फूलपत्र १ थाली जति, फूल-माला (भएमा)
- गंगा जल, गौमूत्र
- रेखी हाल्नको लागि चामलको पीठो १ प्याकेट
- सप्तमृत्तिका
मुख्य पूजा सामग्री
- धूप, अगरबत्ती, दीयोबत्ती १ (घ्यू वा तेल)
- सिन्दूर, चन्दन, अक्षता, अबिर, केशरी
- जौ, तिल, सर्स्यू, सर्बोषधि
- पञ्चामृत (दूध, दही, घ्यू, मह, चिनी), कपूर
- जनै-सुपारी १४-१५, रक्षाबन्धनको धागो १
- कुश १ मूठा (अनिवार्य)
- चामल ४-५ पाउण्ड जति
- पूर्णपात्रो / १ भाग सिदा (चलन अनुसार)
हवन सामग्री
- हवन सामग्री १ प्याकेट
- हवनको लागि घ्यू १ कचौरा जति, चरू – १ थाली
- दाउरा – १ फिटका ४० वटा जति
- ईट्टा/बालुवा/माटो/वा आल्मुनियम फ्वाइल — अग्निस्थापना गर्ने भाडो
नैवेद्य सामग्री
- फलफूल (केरा, सुन्तला, स्याउ आदि), पान मसला
- अपुंगो, मिठाई, लड्डु
- घरमा पकाएको मिष्ठान्न पकवान्न नैवेद्य
- सुकेको नरिवल १, काँचो नरिवल १
वस्त्र तथा अन्य सामग्री
- रातो-सेतो-पहेलो कपडा १/१ मिटर जति (मिले सम्म)
- ब्राम्हण वरणको कपडा, सौभाग्यको सामान – १ जोर
- रातो पेपर वा प्लाष्टिक प्लेट र कचौरा – १०-१२ थान
- प्लाष्टिकको चम्चा – १० गोटा, पेपर टावेल – १ रोल
- खुद्रा भेटी, द्रव्य-दक्षिणा श्रद्धा अनुसार
रुद्रीका लागि थप सामग्री
- बिभूति भस्म (संभव भएमा), धतुरोको फूल (संभव भएमा)
- जलधाराको लागि १ लिटर जति दुध
- शिवजीलाई चढाउने वस्त्र, पार्वतीको लागि रातो धोती र सौभाग्य सामान
- घरमा टाँग्ने तोरण (संभव भएमा)
- अभिषेक गर्ने खड्कुलो (उपलब्ध भएमा)
- शिवलिंग, जलहरी, त्रिखुट्टी (गूरुले लेराऊने)
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

