मुख्य सामग्रीमा जानुहोस्
कर्मकाण्ड लोगोकर्मकाण्डसनातन ज्ञान, सरल नेपालीमा
गृहपृष्ठपात्रोसंकल्पज्ञान संग्रहपूजा सामग्रीहाम्रो बारेमा
विधि र सन्दर्भअग्निस्थापनारुद्री पाठसोह्र संस्कारश्राद्ध विधिआशौच निर्णयथर–गोत्र
॥ हाम्रो संस्कृति, हाम्रो पहिचान ॥

आस्थाको उज्यालो,
ज्ञानको अनन्त यात्रा।

वैदिक परम्परा र जीवनलाई जोड्ने पवित्र संगम।
पूजा विधि, मन्त्र र संस्कारको ज्ञान — अब आफ्नै भाषामा।

ज्ञानको यात्रा सुरु गर्नुहोस् ↗संकल्प पढ्नुहोस् →
✧ परम्पराको सम्मान । पुस्तासम्म ज्ञानको हस्तान्तरण ।
श्रद्धया देयम् ।श्रद्धाले जीवनलाई पवित्र बनाऔँ।
✺

सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः ॥सबै सुखी होऊन्, सबै निरोगी होऊन्।

✺
पूजाको सुरुवात यहीँबाट

संकल्प र पूजा सामग्री

बारम्बार चाहिने पवित्र पाठ र तयारीको सूची।

ॐ
संकल्प पाठ

अमेरिका र क्यानडाको लागि संकल्प

अनुष्ठान सुरु गर्नुअघि पूरा संकल्प पाठ पढ्नुहोस्।

↗
✺
पूजाको तयारी

पूजा सामग्री सूची

गृहपूजा, रुद्री, सत्यनारायण र न्वारनका सामग्रीहरू।

↗
आफ्नो जिज्ञासाबाट सुरु गर्नुहोस्

सनातन ज्ञानका आयामहरू

परम्परालाई बुझौँ। आस्थालाई अझ गहिरो बनाऔँ।

जन्मदेखि जीवनको अन्तिम यात्रासम्म

सोह्र संस्कार संग्रह

संस्कारको परिचय →
पितृकार्यका विधि र मूलपाठ

श्राद्ध विधि संग्रह

तर्पण विधि →श्राद्ध नियम →
०१

एकोदिष्ट श्राद्ध

एकोदिष्ट श्राद्धको सम्पूर्ण विधि

पूरा पाठ पढ्नुहोस् ↗
०२

पार्वण (महालय) श्राद्ध

तर्पणसहित पार्वण श्राद्धको मूलपाठ

पूरा पाठ पढ्नुहोस् ↗
०३

तीर्थ श्राद्ध

तीर्थ श्राद्धको विधि र मूलपाठ

पूरा पाठ पढ्नुहोस् ↗
०४

आभ्युदयिक (नान्दी) श्राद्ध

नान्दी श्राद्धको सम्पूर्ण विधि

पूरा पाठ पढ्नुहोस् ↗
आशौच निर्णयजुठो–सूतकसम्बन्धी नियम र निर्णय↗थर, गोत्र र प्रवर५५९ विवरणमा आफ्नो थर वा गोत्र खोज्नुहोस्↗
पढौँ, बुझौँ र आत्मसात् गरौँ

वैदिक ज्ञान संग्रह

शुभकार्यको सहज तयारी

पूजाको तयारी,
अब अझ सजिलो।

आवश्यक पूजा सामग्रीको सूची एकै ठाउँमा। आफ्नो अनुष्ठानअनुसार सामग्री हेर्नुहोस् र तयारी गर्नुहोस्।

ॐसबै पूजा सामग्री सूची हेर्नुहोस् →
सामान्य पूजा सामग्री ↗विवाह संस्कार ↗व्रतबन्ध तथा छेवर ↗
ॐ
जहाँ भए पनि, आस्थासँगै

कर्मकाण्ड, अब तपाईंको मोबाइलमा।

वैदिक ज्ञानलाई सधैँ आफ्नो साथमा राख्नुहोस्।

▷ गुगल प्ले ↗◈ एप स्टोर ↗
हाम्रो संस्कृतिको डिजिटल घर

जरा परम्परामा। यात्रा भविष्यतर्फ।

कर्मकाण्डमा संकलित पूजा विधि, धार्मिक लेख, संस्कार, मन्त्र र स्तोत्रहरू आफ्नै भाषामा अध्ययन गर्नुहोस्। हाम्रो वैदिक परम्परासँगको सम्बन्धलाई जीवन्त राखौँ।

ज्ञान संग्रहमा जानुहोस् →
गृहपृष्ठ/पूजा सामग्री
श्रद्धासँगै, तयारी पनि पूर्ण

पूजाको तयारी,
अब एकै ठाउँमा।

आफ्नो अनुष्ठान रोज्नुहोस्। आवश्यक सामग्री बुझ्नुहोस्। नछुटाई तयारी गर्नुहोस्।

आफ्नो पूजाको सूची खोज्नुहोस् ↓
२४ सामग्री सूचीअनुष्ठानअनुसार छुट्याइएको
परम्परागत पूजा सामग्री
ॐ

तयारीमा सहजता।
अनुष्ठानमा एकाग्रता।

०१पहिले आधारभूत सूची

धेरै पूजामा साझा रूपमा चाहिने सामग्रीबाट सुरु गर्नुहोस्।

सामान्य पूजा सामग्री ↗हवन तथा अग्निस्थापना ↗
तपाईंको शुभकार्यका लागि

कुन पूजाको तयारी गर्दै हुनुहुन्छ?

आफ्नो परम्पराअनुसार सामग्री मिलाउनुहोस्।
✧नित्य पूजा↗

सामान्य पूजा सामग्री

सामान्य पूजा सामग्रीका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
♨नित्य पूजा↗

हवन तथा अग्निस्थापना

हवन तथा अग्निस्थापनाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
ॐनित्य पूजा↗

गणेश पूजा

गणेश पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
ॐनित्य पूजा↗

रुद्राभिषेक

रुद्राभिषेकका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺नित्य पूजा↗

सत्यनारायण पूजा

सत्यनारायण पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✧नित्य पूजा↗

पञ्चोपचार पूजा

पञ्चोपचार पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺नित्य पूजा↗

षोडशोपचार पूजा

षोडशोपचार पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
❋जीवन संस्कार↗

विवाह संस्कार

विवाह संस्कारका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✧जीवन संस्कार↗

व्रतबन्ध तथा छेवर

व्रतबन्ध तथा छेवरका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
❋जीवन संस्कार↗

नामकरण (न्वारन)

नामकरण (न्वारन)का लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺जीवन संस्कार↗

अन्नप्राशन (पास्नी)

अन्नप्राशन (पास्नी)का लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
☼जीवन संस्कार↗

जन्मोत्सव पूजा

जन्मोत्सव पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
☼जीवन संस्कार↗

चौरासी पूजा

चौरासी पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
⌂घर र शुभारम्भ↗

गृहपूजा

गृहपूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
⌂घर र शुभारम्भ↗

गृहप्रवेश

गृहप्रवेशका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
⌂घर र शुभारम्भ↗

शिलान्यास

शिलान्यासका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✧घर र शुभारम्भ↗

सवारी पूजा

सवारी पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
☼शान्ति र आराधना↗

जन्म शान्ति

जन्म शान्तिका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
♨शान्ति र आराधना↗

लाखबत्ती पूजा

लाखबत्ती पूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
❋पितृकार्य र दान↗

श्राद्ध सामग्री

श्राद्ध सामग्रीका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
❋पितृकार्य र दान↗

गाईदान

गाईदानका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺व्रत र पर्व↗

भाइटीका

भाइटीकाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
✺व्रत र पर्व↗

दशैँ तथा दुर्गापूजा

दशैँ तथा दुर्गापूजाका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →
☼व्रत र पर्व↗

व्रत तथा चाडपर्व

व्रत तथा चाडपर्वका लागि आवश्यक सामग्री र तयारीको सूची।

सामग्री सूची हेर्नुहोस् →

मिल्दो सूची भेटिएन।

अर्को नामले खोज्नुहोस् वा सबै सूची हेर्नुहोस्।

✧

हरेक परम्पराको आफ्नै विशेषता हुन्छ।

मात्रा, पूजाको क्रम र केही सामग्री परिवार तथा स्थानीय परम्पराअनुसार फरक हुन सक्छन्। खरिदअघि आफ्नो पुरोहितसँग सूची मिलाउनुहोस्। पितृकार्यका लागि सम्बन्धित छुट्टै सूची नै प्रयोग गर्नुहोस्।

← ज्ञान संग्रहमा फर्कनुहोस्
यस पाठमा
अर्को पाठ खोज्नुहोस् ↗
॥ श्रद्धा र अध्ययनको संगम ॥०% पढियो
संस्कार

अन्त्येष्टि संस्कार

विषयसूची
  1. १६
  2. दाहसंस्कारो दशगात्रविधिश्च
  3. (क) चितानिर्माणम्
  4. (ख) शवसंस्कारः
  5. (ग) चितायां शवस्थापनम्
  6. (घ) शवस्य वक्षस्थलेऽन्नद्रव्यस्थापनम्
  7. (ङ) अग्निदानम्
  8. (च) अर्धहोमः
  9. (छ) अस्थिप्रक्षेपः
  10. (ज) चितापिण्डदानम्
  11. (झ) उदकदानम्
  12. (ञ) दशगात्रविधिः
  13. (ट) अस्थिसञ्चयनश्राद्धविधिः
  14. (ठ) पाथेयश्राद्धविधिः
  15. दाहसंस्कारका लागि आवश्यक सामग्री
  16. शब्दार्थाः
  17. अभ्यासः

१६

दाहसंस्कारो दशगात्रविधिश्च

(क) चितानिर्माणम्

मृतं पुत्रादयो बान्धवादयश्च यमसूक्तं (शुक्लयजुर्वेदसंहितायाः पञ्चत्रिंशत्तम–(३५) अध्यायात्मकम्) जपन्तोऽन्तर्यामिणं रामं वा कीर्तयन्तो नूतनवस्त्रावृतं शवं दाहदेशं श्मशानभूमिं वा नयेयुः । अन्येऽपि वृद्धपुरस्सराः प्रेतमनुगच्छेयुः । तत्र जलसमीपे शुद्धभूमौ, उत्तरशिरसं स्थापयेयुः । पुत्रादिकस्य कक्षोपस्थशिखावर्जं केशनखलोमानां वपनं कार्यम् । अन्ये बान्धवाश्च केशनखानि वापयेयुः । कर्त्रतिरिक्तानां दशमेऽह्नि वपनं यथाचारम् । भर्तरि मृते पत्न्या आद्येऽह्नि दशमेऽह्नि वा सर्वान् केशान् समुद्धृत्य नखच्छेदनमात्रं वपनं वा यथाचारम् । ततः स्नात्वा नूतनवस्त्रं परिधाय कृमिकेशादिनिचयरहितायां शुद्धभूमौ चितां कारयेत् । तत्रादौ भूमिं संशोध्य सम्प्रार्थ्य श्रीखण्डागरुचन्दनदेवदारुबिल्वतुलसीकाष्ठैः यथामिलितदारुभिर्वा चितां निर्माय तस्योपरि कुशानास्तीर्य तत्र कर्पूरनिचयं च दद्यात् ।
मृतकलाई पुत्र आदि र बन्धुबान्धवले यमसूक्त (शुक्ल यजुर्वेद संहिताको पैँतीसौँ अध्याय) जप्दै वा अन्तर्यामी रामको कीर्तन गर्दै, नयाँ वस्त्रले छोपिएको शव दाहस्थल वा श्मशानभूमिमा लैजानुपर्छ । अरू पनि वृद्धहरू अगाडि राखी शवको पछि जानुपर्छ । त्यहाँ जलको छेउमा शुद्ध भूमिमा उत्तरतिर शिर पारी राख्नुपर्छ । पुत्र आदिको काखी, गुप्ताङ्ग र टुप्पीबाहेक कपाल, नङ र रौँ खौरनुपर्छ । अरू बन्धुले पनि कपाल र नङ काट्नुपर्छ । कर्ताबाहेक अरूको खौरने काम दसौँ दिनमा आचारअनुसार हुन्छ । पति मरेमा पत्नीले पहिलो दिन वा दसौँ दिन सबै कपाल उठाएर नङ काट्ने मात्र वा खौरने — आचारअनुसार गर्नुपर्छ । त्यसपछि स्नान गरी नयाँ वस्त्र लगाएर किरा र कपाल आदिको थुप्रो नभएको शुद्ध भूमिमा चिता बनाउनुपर्छ । त्यहाँ पहिले भूमिको शोधन गरी प्रार्थना गरेर चन्दन, अगरु, देवदारु, बेल र तुलसीका काठले — वा जे-जति काठ जुट्छ त्यसैले — चिता बनाई त्यसमाथि कुश ओछ्याएर त्यहाँ कर्पूरको थुप्रो पनि राख्नुपर्छ ।

(ख) शवसंस्कारः

ततः प्रेतं च पुनः संस्नाप्य नूतनवस्त्रं परिधाप्य गोपीचन्दनश्रीखण्डकुङकुमादिभिः सर्वाङ्कं विलिप्य यथाचारं यज्ञोपवीतपुष्पमालातुलसीमालादिभिश्चालङ्कृत्य नूतनपट्टवस्त्रेण पादतलवर्जं शिरःप्रभृत्यङ्गुलिपर्यन्तं प्रेतमाच्छादयेत् ।
त्यसपछि शवलाई फेरि नुहाइदिई नयाँ वस्त्र लगाएर गोपीचन्दन, श्रीखण्ड, कुङ्कुम आदिले सबै अङ्गमा लेप लगाई आचारअनुसार यज्ञोपवीत, फूलमाला, तुलसीको माला आदिले सिँगारेर नयाँ पट्ट वस्त्रले पैतालाबाहेक शिरदेखि औँलासम्म शवलाई छोप्नुपर्छ ।

(ग) चितायां शवस्थापनम्

यथाविधि निर्मितायां चितायां दक्षिणाशिरसमुत्तानदेहं प्रेतं स्थापयेत् । यद्यपि चितामा शवलाई राखेर जलाउने क्रममा– “अधोमुखो दक्षिणा दिक् चरणस्तु पुमानिति । सगोत्रजैर्गृहीत्वा तु चितामारोप्यते शवः ॥
उत्तानदेहा नारी तु सपिण्डैरपि बन्धिुभः ॥
” अर्थात् ब्रह्मपुराणको यस वचनअनुसार पुरुषलाई उत्तरतिर शिर गराई घोप्टो पारेर चितामा राख्ने र नारीलाई उत्तानो पारेर राख्ने यस्तो क्रम देखिन्छ । हाम्रा प्रचलित पद्धतिहरूमा पनि यस्तै क्रम पाइन्छ, तापनि– “तत्रोत्ताने निपात्यैनं दक्षिणाशिरसं मुखे” छन्दोगपरिशिष्टमा कात्यायनको वचन यस्तो भएकाले कात्यायनका अनुयायी हामी सबैले चितामा शव राख्दा दक्षिणतिर शिर गराई उत्तानो पारेर नै राख्नुपर्दछ । वीरमित्रोदय शुद्धप्रकाशमा पनि यही क्रम पाइन्छ ।

(घ) शवस्य वक्षस्थलेऽन्नद्रव्यस्थापनम्

ततः शवस्य मुखे सुवर्णं दत्वा नूतनश्वेतवस्त्रखण्डे तण्डुलाद्यन्नं रूप्यकादिद्रव्यं च निधाय शवस्य वक्षस्थले स्थापयेत् ।
त्यसपछि शवको मुखमा सुन राखेर नयाँ सेतो वस्त्रको टुक्रामा चामल आदि अन्न र रुपियाँ आदि द्रव्य राखी शवको छातीमा राख्नुपर्छ ।

(ङ) अग्निदानम्

ततः शवस्य कर्ताऽचम्याऽग्निं संस्कृत्य
त्यसपछि शवको कर्ताले आचमन गरी अग्निको संस्कार गरेर
क्रव्यादाग्नये नमः
इति गन्धादिभिः सम्पूज्य कृतापसव्यो दक्षिणाभिमुखो दक्षिणहस्तेऽग्निं वामहस्ते सप्तसमिधं गृहीत्वा –
— यसरी गन्ध आदिले पूजा गरी अपसव्य पारेर दक्षिणतिर मुख फर्काई दाहिने हातमा अग्नि र बायाँ हातमा सात समिधा लिएर –
कृत्वा सुदुष्करं कर्म जानता वाप्यजानता । मृत्युकालवशं प्राप्तं नरं पञ्चत्वमागतम् ॥
धर्माधर्मसमायुक्तं लोभमोहसमावृतम् । दहेयं सर्वगात्राणि दिव्याँल्लोकान् स गच्छतु ॥
घद्द इति मन्त्रं पठित्वा चितां शीघ्रं त्रिः प्रदक्षिणीकृत्य शिरोदेशेऽग्निं दद्यात् । ततः सव्येन घज्ञ. दागबत्ती । घद्द.
— यो मन्त्र पढेर चितालाई चाँडै तीन पटक प्रदक्षिणा गरी शिरतिर आगो दिनुपर्छ । त्यसपछि सव्य पारेर
अथ पञ्चकमरणे दाहविधिः–
(पञ्चकमा मरेकाहरूको तल दिइएको विधि गरेर मात्र दाह गर्नुपर्दछ) (पञ्चकमृतस्य तु दर्भमयीः पञ्च प्रतिमाः कृत्वोर्णासूत्रेण वेष्टयित्वा जलयुतयवपिष्टेनानुलिप्य हस्ते कुशतिलजलान्यादाय– अद्येत्यादि देशकालौ स्मृत्वा अमुकगोत्रस्यामुकप्रेतस्य पञ्चकमरणजनितवंशानिष्टपरिहारार्थं पञ्चकविधिं करिष्ये । इति सङ्कल्प्य १. प्रेतवाहाय नमः । २. प्रेतसखाय नमः । ३. प्रेतपाय नमः । ४. प्रेतभूमिपाय नम । ५. प्रेतहर्त्रे नमः । इति नामभिस्ताः प्रतिमाः प्रेतवाहाद्यावाहनपूर्वकं गन्धादिभिः सम्पूज्य दाहसमये प्रथमां प्रेतवाहप्रतिमां प्रेतस्य शिरसि, द्वितीयां प्रेतसखप्रतिमां नेत्रयोः, तृतीयां प्रेतपप्रतिमां वामकुक्षौ, चतुर्थीं प्रेतभूमिपप्रतिमां नाभौ, पञ्चमीं प्रेतहर्तृप्रतिमां पादयोर्निधाय पूर्वोक्तैरिव स्वाहान्तैर्नाममन्त्रैः क्रमेण पञ्च घृताहुतीर्हुत्वा “यमाय सोमं मधुमत्तयेषां ते नो गावः समवदन्तु हव्या । दूतं वो देवः स्वदयं सुमेषा ते नो रासतमुरुगायमद्य, यूयं यातः स्वस्तिभिः सदा नः ॥
” त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीयमामृतात् ॥
इति मन्त्राभ्यां प्रतिमासु प्रत्येकं घृताहुतिर्जुहुयात् । तत उदकधारां च दत्वा तदनन्तरमग्निं दद्यात् । इति पञ्चकमरणे दाहविधिविशेषः ।
सूतिकामरणे विशेषः—
सूतिकायां मृतायां कुम्भे उदकं कृत्वा तत्र पञ्चगव्यं प्रक्षिप्य “आपो हिष्ठा, इदमापः” इत्यादिभिः पुण्यर्ग्भिरभिमन्त्र्य ब्राह्मणानुज्ञया पञ्चदश प्राजापत्यान् हुत्वा तेन कुम्भोदकेन शतकृत्वस्तां स्नापयित्वा वस्त्रान्तरेण सर्वां वेष्टयित्वा दाहः कार्यः । रजस्वलामरणेऽप्येवम् । उदक्या सूतकी वा यं स्पृशति तस्याप्येष एव विधिः ।
सुत्केरी अवस्थामा मृत्यु भएमा घडामा जल राखी त्यसमा पञ्चगव्य हालेर “आपो हिष्ठा, इदमापः” आदि पुण्य ऋचाले अभिमन्त्रित गरी ब्राह्मणको अनुमतिले पन्ध्र प्राजापत्य होम गरेर त्यही घडाको जलले सय पटक नुहाइदिई अर्को वस्त्रले पूरै बेरेर दाह गर्नुपर्छ । रजस्वला अवस्थाको मृत्युमा पनि यसै गर्नुपर्छ । रजस्वला वा सुत्केरीले जसलाई छुन्छिन्, उसका लागि पनि यही विधि हो ।
दक्षिणामुख घृतधारामेकां दद्यात् । स्त्रीदाहेऽप्यविकृत एव मन्त्रः पठनीयः पुंस्त्वाविवक्षणात् । नग्नो न दग्धव्यः । दग्धशेषं किञ्चित्त्यजेत् । “निःशेषस्तु न दग्धव्यः ” इति वचनात् ।
दक्षिणतिर मुख गरी एउटा घिउको धारा दिनुपर्छ । स्त्रीको दाहमा पनि मन्त्र नबदली त्यही पढ्नुपर्छ — पुंल्लिङ्ग विवक्षित नभएकाले । नाङ्गो पारेर जलाउनुहुँदैन । जलेको केही अंश छाड्नुपर्छ; “निःशेषस्तु न दग्धव्यः” भन्ने वचनअनुसार ।

(च) अर्धहोमः

ततोऽर्धे दग्धे आचम्य कृतापसव्यो घृताक्तं समिधं जुहुयादनेन मन्त्रेण –
अ॒स्मात्त्वमधि॑जा॒तो᳖ऽसि॒ त्वद॒यं जायतां पुनः॑ । अ॒सौ स्व॒र्गाय॑ लो॒काय॒ स्वाहा॑ ज्वलतु पावकः᳥ ॥

(छ) अस्थिप्रक्षेपः

एवं शरीरं दाहयित्वा कपोतावशेषं शरीरं ज्ञात्वाऽवशिष्टभागमादाय नूतनवस्त्रेणावेष्ट्य घघ
क्रव्यादाय नमः
इति मन्त्रेण जले प्रक्षिपेत् । ततः पुत्रादयः सर्वे वामहस्तस्यानामिकया “अप नः शोशुचदघम्” इति मन्त्रेणोदकमपनोद्य (अप्रदक्षिण्येनावर्त्य) तूष्णीं निमज्जेयुः । ततः “असावेतत्त उदकम्” इति पारस्करवचनात् (असौ इत्यस्य स्थाने प्रेतस्य प्रथमान्तनामग्रहणम्) अपसव्येनैव कुशतिलजलान्यादाय –
— यस मन्त्रले जलमा हाल्नुपर्छ । त्यसपछि पुत्र आदि सबैले बायाँ हातको साइँली औँलाले “अप नः शोशुचदघम्” भन्ने मन्त्रले जल पन्छाएर (अप्रदक्षिण दिशामा घुमाएर) मौन रूपमा डुब्नुपर्छ । त्यसपछि “असावेतत्त उदकम्” भन्ने पारस्करको वचनअनुसार (‘असौ’ को ठाउँमा मृतकको प्रथमान्त नाम लिनुपर्छ) अपसव्यले नै कुश, तिल र जल लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते चितादाहजनिततापतृडुपशमाय एष तिलकुशतोयाञ्जलिर्मद्दत्तस्तवोपतिष्ठताम् ।
इत्युक्त्वा भूमौ सकृदुदकं सर्वे प्रक्षिपेयुः ।
— यसो भनी सबैले भुइँमा एक पटक जल हाल्नुपर्छ ।

(ज) चितापिण्डदानम्

ततश्चितां प्रक्षाल्य स्नानं विधाय पयसा सहितेन यवपिष्टेन तण्डुलेन वा षट् पिण्डान्निर्मायापसव्येन दक्षिणाभिमुखः पातितवामजानुः कुशतिलजलान्यादाय – घघ. अन्त्यकर्मदीपके धर्माय नमः इति ।
त्यसपछि चिता पखाली स्नान गरेर दूधसहितको जौको पिठो वा चामलले छ वटा पिण्ड बनाई अपसव्य पारेर दक्षिणतिर मुख फर्काई बायाँ घुँडा टेकेर कुश, तिल र जल लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते प्रथमपिण्डस्थाने इदमवनेजनं ते मया दीयते तवोपतिष्ठताम् ।
एवंद्वितीयपिण्डस्थाने तृतीयपिण्डस्थाने इति क्रमेण षट् पिण्डासनानि दद्यात् । ततः कुशतिलजलसहितम् एकैकं पिण्डमादाय षट् पिण्डान् दद्यात् –
यसै गरी दोस्रो पिण्डको ठाउँमा, तेस्रो पिण्डको ठाउँमा — यसै क्रमले छ वटा पिण्डका आसन दिनुपर्छ । त्यसपछि कुश, तिल र जलसहित एक-एक पिण्ड लिएर छ वटै पिण्ड दिनुपर्छ –
१. अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते मृत्युस्थाने शव नाम एषः पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् । २. अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते चत्वरस्थाने पान्थ नाम एषः पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् । ३. अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते चतुष्पथस्थाने खेचर नाम एषः पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् । ४. अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते विश्रामस्थाने भूत नाम एषः पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् । ५. अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते काष्ठसञ्चयनस्थाने प्रेत नाम एषः पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् । ६. अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते चितास्थाने साधक नाम एषः पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।
ततः प्रत्येकं प्रत्यवनेजनं दद्यात् –
त्यसपछि प्रत्येकको प्रत्यवनेजन दिनुपर्छ –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते इदं प्रथमपिण्डप्रत्यवनेजनं ते मया दीयते तवोपतिष्ठताम् ।
एवमेव द्वितीयादिपञ्चपिण्डेषु क्रमेण प्रत्यवनेजनं दद्यात् ।
यसै गरी दोस्रोदेखि पाँचौँसम्मका पिण्डमा क्रमशः प्रत्यवनेजन दिनुपर्छ ।

(झ) उदकदानम्

ततः प्रेतदाहानन्तरं सर्वे शवस्पृशाः शवानुगमनकर्तारश्च चितामवलोकयन्तः
त्यसपछि शवको दाहपछि शव छुने र शवको पछि जाने सबैले चितालाई हेर्दै
अहरहर्नीयमानो
गामश्वं पुरुषं पशुम् । वैवस्वतो न तृप्येत सुराया इव दुर्मतिः ॥
इति यमगाथां गायन्तो बालपुरःसराः स्त्रियश्चाग्रे कृत्वा नदीजलाशयान्तरं पङ्क्तिक्रमेण गच्छेयुः । ततः श्यालकमन्यं ब्राह्मणं वा
— यो यमगाथा गाउँदै, बालबालिकालाई अगाडि राखी र स्त्रीहरूलाई पनि अगाडि पारेर नदी वा जलाशयतिर पङ्क्तिबद्ध भई जानुपर्छ । त्यसपछि सालो वा अरू ब्राह्मणलाई
उदकं करिष्यामहे
इत्युदकं प्रार्थयेयुः । ततः
— यसरी जल माग्नुपर्छ । त्यसपछि
कुरुध्वम्
इति प्रत्युक्तिः । तत्र यदि शतवर्षान्न्यूनः प्रेतस्तदा
— यसो प्रत्युत्तर । त्यहाँ मृतक सय वर्षभन्दा कम उमेरका भए
कुरुध्वं मा चैवं पुनः
इति प्रतिवचनम् । ततः कृतापसव्या दक्षिणाभिमुखा एकवस्त्रधरा
— यसो प्रतिवचन । त्यसपछि अपसव्य पारेर दक्षिणतिर मुख फर्काई एउटै वस्त्र लगाएर
अप नः शोशुचदघम्
इति जले प्रविश्य वामकरस्यानामिकया (अपनोद्य) दक्षिणतो जलं नीत्वा तूष्णीं निमज्जेयुः । अङ्कञ्च न निघर्षेयुः । (कर्कादि भाष्यकाराणां मतेऽपनोदे मन्त्रः । देवयाज्ञिकमते निमज्जने ।) ततो द्विवासा आचम्य कृतापसव्या दक्षिणाभिमुखाः हस्ते कुशजलतिलान् गृहीत्वा –
— यसो भनी जलमा पसेर बायाँ हातको साइँली औँलाले (पन्छाएर) दाहिनेतिर जल लगी मौन रूपमा डुब्नुपर्छ । अङ्ग घोट्नुहुँदैन । (कर्क आदि भाष्यकारका मतमा मन्त्र पन्छाउँदा; देवयाज्ञिकको मतमा डुब्दा ।) त्यसपछि दुई वस्त्र लगाएर आचमन गरी अपसव्य पारेर दक्षिणतिर मुख फर्काई हातमा कुश, जल र तिल लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते एष तिलतोयाञ्जलिस्ते मया दीयते तवोपतिष्ठताम् ।
इत्युक्त्वा प्रेताय भूमौ एकैकमञ्जलिं सर्वेऽपि दद्युः । एवं तिलतोयाञ्जलिः सपिण्डैर्विषमदिने सगोत्रैश्च प्रत्यहं दशदिनपर्यन्तं देयः ।
— यसो भनी मृतकका लागि भुइँमा एक-एक अञ्जुली सबैले दिनुपर्छ । यसरी तिल-जलको अञ्जुली सपिण्डहरूले र बिजोर दिनमा सगोत्रहरूले पनि हरेक दिन दस दिनसम्म दिनुपर्छ ।
॥ इति दाहसंस्कारः ॥
॥ यति नै दाह संस्कार ॥

(ञ) दशगात्रविधिः

तत्र प्रथमदिनकृत्यम् – अथ कर्ता जलाशयसमीपे शुद्धां भूमिं दक्षिणाप्रवणां सम्पाद्य तत्र दक्षिणाप्रवणां वेदीं निर्माय गोमयेनोपलिप्य सर्वां पिण्डदानसामग्रीं सम्पाद्य अपसव्यं कृत्वा दक्षिणाभिमुखो भूत्वा हस्ते कुशतिलजलान्यादाय कर्म कुर्यात् । अथ प्रयोगः— कर्ता कुशहस्तः सोत्तरीयः गौरसर्षपान् विकीर्य दीपं प्रज्वाल्याऽचम्य कृतापसव्यो दक्षिणाभिमुखः पातितवामजानुर्वेदिकायां दक्षिणाग्रान् कुशानास्तीर्य कुशतिलजलान्यादाय प्रतिज्ञासङ्कल्पं कुर्यात् –
त्यहाँ पहिलो दिनको कृत्य – अब कर्ताले जलाशयको छेउमा दक्षिणतिर ढल्केको शुद्ध भूमि तयार पारी त्यहाँ दक्षिणतिर ढल्केको वेदी बनाई गोबरले लिपेर पिण्डदानका सबै सामग्री जुटाएर अपसव्य भई दक्षिणतिर मुख फर्काएर हातमा कुश, तिल र जल लिई कर्म गर्नुपर्छ । अब प्रयोग — कर्ताले हातमा कुश लिई उत्तरीयसहित सेतो सर्स्यूँ छरेर दियो बालेर आचमन गरी अपसव्य भई दक्षिणतिर मुख फर्काएर बायाँ घुँडा टेकी वेदीमा दक्षिणतिर टुप्पो पारेर कुश ओछ्याई कुश, तिल र जल लिएर प्रतिज्ञा सङ्कल्प गर्नुपर्छ –
अद्येह (अमुक)गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेतायाः रौरवनामनरकोत्तारणाय मूर्धावयवसम्भूत्यै प्रथमदिननिमित्तकं पूरकपिण्डदानमहं करिष्ये ।
पुनः कुशतिलजलान्यादाय, आस्तृतकुशोपरि पितृतीर्थेनावनेजनं दद्यात् –
फेरि कुश, तिल र जल लिएर ओछ्याइएको कुशमाथि पितृतीर्थले अवनेजन दिनुपर्छ –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते प्रथमदिनसम्बन्धि–प्रथमपिण्डस्थाने इदमवनेजनं ते मया दीयते तवोपतिष्ठताम् ।
ततस्तिलघृतमधुयुतं पिण्डं कुशतिलजलसहितमादाय, अवनेजनोपरि पिण्डं दद्यात् –
त्यसपछि तिल, घिउ र मह मिसाइएको पिण्ड कुश, तिल र जलसहित लिएर अवनेजनमाथि पिण्ड दिनुपर्छ –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते रौरवनामनरकोत्तारणाय प्रथमदिनसम्बन्धी एषः शिरःपूरकः प्रथमपिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।
ततः कुशतिलजलान्यादाय पिण्डोपरि प्रत्यवनेजनं दद्यात् –
त्यसपछि कुश, तिल र जल लिएर पिण्डमाथि प्रत्यवनेजन दिनुपर्छ –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते इदं पिण्डप्रत्यवनेजनं ते मया दीयते तवोपतिष्ठताम् ।
ततः पिण्डपूजनम् – प्रेतमुद्दिश्य तूष्णीमेवोशीरचन्दनोर्णासूत्रभृङ्किराजपूगीफलपुष्पाक्षतधूपदीपनैवेद्यैः पिण्डमभ्यर्च्य कुशतिलजलान्यादाय –
त्यसपछि पिण्डको पूजा – मृतकलाई लक्ष्य गरी मौन रूपमै खस, चन्दन, ऊनको धागो, भृङ्गराज, सुपारी, फूल, अक्षता, धूप, दीप र नैवेद्यले पिण्डको अर्चना गरी कुश, तिल र जल लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते प्रथमदिनसम्बन्धि–प्रथमपिण्डे एतानि पिण्डस्थोशीरचन्दनोर्णासूत्रभृङ्किराजपूगीफलपुष्पाक्षतधूपदीपैक्षवादिनैवेद्यानि ते मया दीयन्ते तवोपतिष्ठन्ताम् ।
इत्युत्सृजेत् । ततस्तिलतोयाञ्जलिमेकं पिण्डोपरि दद्यात् –
— यसरी अर्पण गर्नुपर्छ । त्यसपछि तिल-जलको एक अञ्जुली पिण्डमाथि दिनुपर्छ –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते एषस्तिलतोयाञ्जलिस्ते मया दीयते तवोपतिष्ठताम् ।
ततः सतिलतोयपूर्णपुटपात्रमादाय –
त्यसपछि तिल-जलले भरिएको पुटपात्र लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेतेइदं सतिलतोयपूर्णपात्रं ते मया दीयते तवोपतिष्ठताम् ।
इति पिण्डसमीपे उत्सृजेत् । (द्वितीयादिदिनेषु प्रतिदिनमेकैकं वर्धयित्वेदमेव जलदानं वर्धमानजलिदानत्वेन च क्वचिद् व्यवह्रियते ।)
— यसरी पिण्डको छेउमा अर्पण गर्नुपर्छ । (दोस्रो आदि दिनमा हरेक दिन एक-एक बढाएर यही जलदान «वर्धमान जलदान» का रूपमा कतै व्यवहार गरिन्छ ।)
ततस्त्रिकाष्ठिकास्थितयोः पुटपात्रयोर्नीरक्षीरञ्चादाय –
त्यसपछि तीन काठमाथि राखिएका दुई पुटपात्रमा जल र दूध लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेतेइमे त्रिकाष्ठिकास्थिते नीरक्षीरयुतपुटपात्रे ते मया दीयेते तवोपतिष्ठेताम् ।
इत्युत्सृज्य पठेत् –
— यसरी अर्पण गरी पढ्नुपर्छ –
श्मशानानलदग्धोऽसि परित्यक्तोऽसि बान्धवैः । इदं नीरमिदं क्षीरमत्र स्नाहि इदं पिब ॥
ततः सुशीतलजलपूर्णघटमग्रे कृत्वा –
त्यसपछि राम्रो चिसो जलले भरिएको घडा अगाडि राखेर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते एषः सतिलसुशीतलजलोपेतो घटस्ते मया दीयते तपोपतिष्ठताम् ।
इत्युत्सृज्य पठेत् –
— यसरी अर्पण गरी पढ्नुपर्छ –
सुशीतलजलोपेतः सर्वोपस्करसंयुतः । एष घटो मया दत्तः प्रेताय उपतिष्ठताम् ॥
ततः सव्येनाञ्जलिं बध्वा पठेत् –
त्यसपछि सव्य पारेर अञ्जुली बाँधी पढ्नुपर्छ –
अनादिनिधनो देवः शङ्खचक्रगदाधरः । अक्षयः पुण्डरीकाक्ष प्रेतमोक्षप्रदो भव ॥
ततस्तिलजलसहितां लौहदक्षिणामादाय –
अद्येह (अमुक)गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेतायाः कृतैतच्छिरःपूरकप्रथमपिण्डदान– प्रतिष्ठार्थमिदं लौहं पलपरिमितं दक्षिणात्वेन दातुमहमुत्सृजे ।
इत्युत्सृज्य तत्सर्वं जले क्षिपेत् । तदनन्तरम् आचारप्राप्तं स्नानं कुर्यात् । अनेनैव प्रकारेण दश पिण्डा देयाः । ततः प्रथमदिनादेव दशदिनपर्यन्तं पिप्पलवृक्षे जलपूर्णघटमधश्छिद्रं कृत्वा शिक्ये धारयेत् । कुशतिलजलान्यादाय –
— यसरी अर्पण गरी ती सबै जलमा हाल्नुपर्छ । त्यसपछि आचारअनुसार स्नान गर्नुपर्छ । यसै प्रकारले दस पिण्ड दिनुपर्छ । त्यसपछि पहिलो दिनदेखि नै दस दिनसम्म पीपलको रूखमा जलले भरिएको घडा तलतिर प्वाल पारेर सिकोमा झुन्ड्याउनुपर्छ । कुश, तिल र जल लिएर –
अद्येह (अमुक)गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेतायाः पापशान्त्यध्वश्रमविनाशार्थम् इदम् आकाशाधिकरणकजलम् अद्यादिदशरात्रं यावत् ते मया दीयते तवोपतिष्ठताम् ।
इत्युत्सृजेत् । एवं दशदिनपर्यन्तं प्रत्यहं कुर्यात् । कर्ता भोजनसमये पुटकादौ सघृतमन्नं कृत्वा अपसव्येन हस्ते जलं गृहीत्वा काकबलिं दद्यादनेन मन्त्रेण –
— यसरी अर्पण गर्नुपर्छ । यसै गरी दस दिनसम्म हरेक दिन गर्नुपर्छ । कर्ताले भोजनका बेला पुटका आदिमा घिउसहितको अन्न राखी अपसव्य पारेर हातमा जल लिई यस मन्त्रले काकबलि दिनुपर्छ –
काकोऽसि यमदूतोऽसि गृहाण बलिमुत्तमम् । यमद्वारे महाघोरे त्वमाप्यायितुमर्हसि ॥
यमाय धर्मराजाय मृत्यवे चान्तकाय च । दक्षिणां दिशमाश्रित्य प्रेतान्नं बलिमाहर ॥
सव्यं कृत्वा लवणादिभिन्नं घृतशर्करार्द्रकसहितमन्नं स्वयं भुञ्जीत । सायङ्कालिकं कर्म — सायङ्काले कर्तृशयनस्थानसमीपे सप्तधान्योपरि जलपूर्णघटं संस्थाप्य तदुपरि तिलतैलेन घृतेन वा दशदिनपर्यन्तमहर्निशं दीपं प्रज्वालयेत् –
सव्य पारेर नुन आदि नहालिएको, घिउ, चिनी र अदुवासहितको अन्न आफैँले खानुपर्छ । साँझको कर्म — साँझमा कर्ता सुत्ने ठाउँको छेउमा सात प्रकारका अन्नमाथि जलले भरिएको घडा राखी त्यसमाथि तिलको तेल वा घिउले दस दिनसम्म दिनरात दियो बाल्नुपर्छ –
अन्धकारो महाघोरो रविर्यत्र न भासते । तस्य सन्तरणार्थाय दीपं दद्याद्दशाह्निकम् ॥
इति वचनात् ततो दक्षिणाभिमुखाऽपसव्यं कृत्वा कुशतिलजलान्यादाय –
— यस वचनअनुसार त्यसपछि दक्षिणतिर मुख फर्काई अपसव्य पारेर कुश, तिल र जल लिएर –
अद्येह (अमुक)गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेतायाः यमदुर्गमार्गमहाघोरान्धतमः– सन्तरणार्थम् अद्यादिदशदिनपर्यन्तम् अहर्निशं सप्तधान्योपरिस्थापितजलपूर्णघटोपरि एष दीपस्ते मया दीयते तवोपतिष्ठताम् ।
इत्युत्सृजेत् ।
— यसरी अर्पण गर्नुपर्छ ।
ततः सायङ्काले गोमयोपलिप्ते प्राङ्गणे त्रिकाष्ठिकोपरि पुटकादौ दीपं, पानीयं, पुष्पं संस्थाप्य आशौचान्तं यावत् प्रत्यहं दद्यात् । तत्रापसव्येन तिलकुशजलान्यादाय एकैकं स्पृष्ट्वा –
त्यसपछि साँझमा गोबरले लिपेको आँगनमा तीन काठमाथि पुटका आदिमा दियो, पानी र फूल राखेर सुतक सकिन्जेल हरेक दिन दिनुपर्छ । त्यहाँ अपसव्यले तिल, कुश र जल लिएर एक-एक छोएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते एष दीपस्ते मया दीयते तवोपतिष्ठताम् । अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते इदं पानीयं ते मया दीयते तवोपतिष्ठताम् । अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते इदं पुष्पं ते मया दीयते तवोपतिष्ठताम् । अनेन पश्य । इदं पिब । इदं परिधेहि ।
इति वदेत् । ॥
इति प्रथमदिनकृत्यम् ॥
द्वितीयादिदिनकृत्यानि — एवं द्वितीयादिदिनेष्वपि प्रथमदिनकृत्यस्थानमागत्य प्रथमदिनवत् स्नानादिदक्षिणादानान्तं सकलकृत्यं कुर्यात् । तत्र द्वितीयादिदिनेषु विशेषवाक्यानि यथा – द्वितीयदिने — प्रतिज्ञासङ्कल्पः—
— यसो भन्नुपर्छ । ॥
यति नै पहिलो दिनको कृत्य ॥
दोस्रो आदि दिनका कृत्य — यसै गरी दोस्रो आदि दिनमा पनि पहिलो दिनको कृत्य गरेकै ठाउँमा आई पहिलो दिनजस्तै स्नानदेखि दक्षिणादानसम्मको सबै कृत्य गर्नुपर्छ । त्यहाँ दोस्रो आदि दिनका विशेष वाक्य यसप्रकार छन् – दोस्रो दिन — प्रतिज्ञा सङ्कल्प—
अद्येह (अमुक)गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेतायाः जातिपुष्करनाम– नरकोत्तारणाय कर्णाक्षिनासिकावयवसम्भूत्यै द्वितीयदिननिमित्तकं पूरकपिण्डदानमहं करिष्ये ।
पिण्डदानसङ्ल्पः—
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते जातिपुष्करनामनरकोत्तारणाय द्वितीयदिनसम्बन्धी एषः कर्णाक्षिनासिकापूरकः द्वितीयपिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।
तिलतोयाञ्जलिदानसङ्ल्पः—
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते एतौ सतिलतोयाञ्जली ते मया दीयेते तवोपतिष्ठेताम् ।
इति द्वावञ्जली पिण्डोपरि दद्यात् । सतिलतोयपूर्णपुटपात्रदानसङ्ल्पः—
— यसरी दुई अञ्जुली पिण्डमाथि दिनुपर्छ । तिल-जलले भरिएको पुटपात्र दिने सङ्कल्प—
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेतेएते सतिलतोयपूर्णपुटपात्रे ते मया दीयेते तवोपतिष्ठेताम् ।
इति द्वे तिलतोयपूर्णपुटपात्रे पिण्डसमीपे उत्सृजेत् । अन्यत्सर्वं प्रथमदिनवत् ।
— यसरी दुई तिल-जलले भरिएका पुटपात्र पिण्डको छेउमा अर्पण गर्नुपर्छ । अरू सबै पहिलो दिनजस्तै ।
तृतीयदिने — प्रतिज्ञासङ्कल्पः—
अद्येह (अमुक)गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेतायाः हाहाकारनाम– नरकोत्तारणाय गलांसभुजवक्षःसम्भूत्यै तृतीयदिननिमित्तकं पूरकपिण्डदानमहं करिष्ये ।
पिण्डदानसङ्ल्पः—
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते हाहाकारनामनरकोत्तारणाय तृतीयदिनसम्बन्धी एषः गलांसभुजवक्षःपूरकस्तृतीयपिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।
तिलतोयाञ्जलिदानसङ्ल्पः—
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते एते सतिलतोयाञ्जलयस्ते मया दीयन्ते तवोपतिष्ठन्ताम् ।
इति त्रीन् सतिलतोयाञ्जलीन् पिण्डोपरि दद्यात् । सतिलतोयपूर्णपुटपात्रदानसङ्ल्पः—
— यसरी तीन तिल-जलका अञ्जुली पिण्डमाथि दिनुपर्छ । तिल-जलले भरिएको पुटपात्र दिने सङ्कल्प—
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेतेएतानि सतिलतोयपूर्णपुटपात्राणि ते मया दीयन्ते तवोपतिष्ठन्ताम् ।
इति त्रीणि तिलतोयपूर्णपुटपात्राणि पिण्डसमीपे उत्सृजेत् । अन्यत्सर्वं प्रथमदिनवत् । चतुर्थदिने — तामिस्रनामरनरकोत्तारणाय नाभिलिङ्कगुदपूरकश्चतुर्थपिण्डः । चत्वारः सतिलतोयाञ्जलयः । चत्वारि सतिलतोयपूर्णपुटपात्राणि । तिलतोयाञ्जलीनां तिलतोयपात्राणाञ्च तृतीयदिनवच्चतुर्थदिनादावपि वाक्यमेलनम् । अन्यत्सर्वं प्रथमदिनवत् । पञ्चमदिने — अन्धतामिस्रनामनरकोत्तारणाय जानुजङ्घापादपूरकः पञ्चमः पिण्डः । पञ्च तिलतोयाञ्जलयः । पञ्च तिलतोयपुटपात्राणि । अन्यत्सर्वं पूर्ववत् । षष्ठदिने — जातिसंस्रवनामनरकोत्तारणाय सर्वमर्मपूरकः षष्ठः पिण्डः । षट् तिलतोयाञ्जलयः । षट्तिलतोयपूर्णपुटपात्राणि । अन्यत्सर्वं पूर्ववत् ।
— यसरी तीन तिल-जलले भरिएका पुटपात्र पिण्डको छेउमा अर्पण गर्नुपर्छ । अरू सबै पहिलो दिनजस्तै । चौथो दिन — तामिस्र नामक नरकबाट उद्धारका लागि नाभि, लिङ्ग र गुदा पूर्ति गर्ने चौथो पिण्ड । चार तिल-जलका अञ्जुली । चार तिल-जलले भरिएका पुटपात्र । तिल-जलका अञ्जुली र तिल-जलका पात्रका वाक्य तेस्रो दिनजस्तै चौथो दिनदेखि पनि मिलाउनुपर्छ । अरू सबै पहिलो दिनजस्तै । पाँचौँ दिन — अन्धतामिस्र नामक नरकबाट उद्धारका लागि घुँडा, पिँडुला र खुट्टा पूर्ति गर्ने पाँचौँ पिण्ड । पाँच तिल-जलका अञ्जुली । पाँच तिल-जलका पुटपात्र । अरू सबै पहिलेजस्तै । छैटौँ दिन — जातिसंस्रव नामक नरकबाट उद्धारका लागि सबै मर्म पूर्ति गर्ने छैटौँ पिण्ड । छ तिल-जलका अञ्जुली । छ तिल-जलले भरिएका पुटपात्र । अरू सबै पहिलेजस्तै ।
सप्तमदिने — अमेध्यकृमिनामनरकोत्तारणाय सर्वनाडीपूरकः सप्तमः पिण्डः । सप्त तिलतोयाञ्जलयः । सप्त तिलतोयपूर्णपुटपात्राणि । अन्यत्सर्वं पूर्ववत् । अष्टमदिने — पुरीषभक्षनामनरकोत्तारणाय दन्तलोमादिपूरकोऽष्टमः पिण्डः । अष्टौ तिलतोयाञ्जलयः । अष्टौ तिलतोयपूर्णपुटपात्राणि । अन्यत्सर्वं पूर्ववत् । नवमदिने — स्वमांसभक्षनामनरकोत्तारणाय वीर्यपूरको नवमः पिण्डः । नव तिलतोयाञ्जलयः । नव तिलतोयपूर्णपुटपात्राणि ।
सातौँ दिन — अमेध्यकृमि नामक नरकबाट उद्धारका लागि सबै नाडी पूर्ति गर्ने सातौँ पिण्ड । सात तिल-जलका अञ्जुली । सात तिल-जलले भरिएका पुटपात्र । अरू सबै पहिलेजस्तै । आठौँ दिन — पुरीषभक्ष नामक नरकबाट उद्धारका लागि दाँत र रौँ आदि पूर्ति गर्ने आठौँ पिण्ड । आठ तिल-जलका अञ्जुली । आठ तिल-जलले भरिएका पुटपात्र । अरू सबै पहिलेजस्तै । नवौँ दिन — स्वमांसभक्ष नामक नरकबाट उद्धारका लागि वीर्य पूर्ति गर्ने नवौँ पिण्ड । नौ तिल-जलका अञ्जुली । नौ तिल-जलले भरिएका पुटपात्र ।
नवमे वाससां त्यागः
इत्युक्तत्वात् तस्मिन् दिने वासःप्रक्षालनञ्च कर्तुर्दशमे दिने वा । अन्यत्सर्वं पूर्ववत् । दशमदिने — कुम्भीपाकनामनरकोत्तारणाय पूर्णतातृप्तताक्षुद्विपर्ययहेतुको दशमः पिण्डः । दश तिलतोयाञ्जलयः । दश तिलतोयपूर्णपुटपात्राणि । एवं संहत्य पञ्चाशत् तिलतोयाञ्जलयस्तावन्ति तिलतोयपूर्णपुटपात्राणि, तैः सहेति ब्राह्मपुराणवचनात् । दशमेऽहनि पिण्डं समाप्य अरण्यं गत्वा कृतश्मश्रुकर्मणः स्पृष्टान्युत्सृज्य तिलकल्कगौरसर्षपैः घद्ध शिरः स्नात्वा अहतवासा शुक्लवाससो वा गोहिरण्यादीनालभ्य प्रविशेरन् । अस्मिन् दिने ब्राह्मणानां पञ्चगव्यप्राशनमिति ॥
घद्ध. दशमदिने प्रातर्गृहलेपनपूर्वकं धातुपात्राणि भस्मादिना संशोध्य प्रथमदिनस्थापितदीपं च सहैवादाय बालवृद्धपुरःसरं जलाशयं गत्वा स्नानं विधाय पाकं निर्वर्त्य पिण्डदानादिकं नित्यवत् सर्वं समाप्य स्वर्णरौप्यमयकुद्दालेन प्रथमदिनकृतां वेदीं कुम्भादिमृन्मयपात्राणि च सर्वं सम्भेद्य पृष्टान्युत्सृज्य सपिण्डैः सह मुण्डनं कृत्वा स्नात्वा शुद्धे वाससी नूतनं यज्ञोपवीतं च धारयित्वा पूर्वधृतवाससी समाश्रितेभ्यो दत्वा गां हिरण्यादिकं चालभ्य पञ्चगव्यं प्राश्य गृहं गच्छेत् ।
— यसो भनिएकाले त्यस दिन कर्ताले लुगा धुने काम पनि गर्नुपर्छ, वा दशौँ दिन । अरू सबै पहिलेझैँ । दशौँ दिन — कुम्भीपाक नामको नरकबाट उद्धारका लागि, पूर्णता, तृप्तता र भोकको निवृत्तिका निम्ति दशौँ पिण्ड । दस तिल-जलका अञ्जुली । दस तिल-जलले भरिएका पुड्को-पात्र । यसरी जोड्दा पचास तिल-जलका अञ्जुली र त्यति नै तिल-जलले भरिएका पुड्को-पात्र — तीसहित — भन्ने ब्रह्मपुराणको वचनअनुसार । दशौँ दिन पिण्ड सकेर वनमा गई कपाल-दाह्री काटेपछि छोइएका वस्तु त्यागी, तिलको पिठो र सेतो सर्स्यूँले शिर धोई, नयाँ वा सेतो वस्त्र लगाएर गाई र सुन आदि छोएर घर पस्नुपर्छ । यस दिन ब्राह्मणहरूले पञ्चगव्य प्राशन गर्नुपर्छ ॥
दशौँ दिन बिहान घर लिपेर, धातुका भाँडा खरानी आदिले माझी, पहिलो दिन राखिएको दियो पनि सँगै लिएर, बालबृद्धलाई अगाडि लगाई जलाशयमा गई नुहाएपछि पाक सिध्याई पिण्डदान आदि गर्नुपर्छ ।
॥ इति दशगात्रविधिः ॥
॥ यति नै दशगात्रको विधि ॥

(ट) अस्थिसञ्चयनश्राद्धविधिः

कर्ता स्नानं विधाय श्राद्धभूमिं सर्षपैस्तिलैश्चावकीर्य रक्षादीपं संस्थाप्य सकलदेयानि वस्तून्यासाद्याचम्य पूर्वाभिमुख उपविश्य कर्मपात्रं कृत्वा श्राद्धीयद्रव्याणि आत्मानञ्च सिञ्चेत्–
कर्ताले स्नान गरी श्राद्धभूमिमा सर्स्यूँ र तिल छरेर रक्षादीप स्थापना गरी दिनुपर्ने सबै वस्तु जुटाएर आचमन गरी पूर्वतिर मुख फर्काई बसेर कर्मपात्र बनाई श्राद्धका द्रव्य र आफूलाई सिञ्चन गर्नुपर्छ–
अपवित्रः पवित्रो वा सर्वावस्थाङ्कतोऽपि वा । यः स्मरेत् पुण्डरीकाक्षं स बाह्याभ्यन्तरः शुचिः ॥
ॐ पुण्डरीकाक्षः पुनातु । ॐ पुण्डरीकाक्षः पुनातु । ॐ पुण्डरीकाक्षः पुनातु ।
ततः कुशतिलजलान्यादाय प्रतिज्ञासङ्कल्पं कुर्यात् –
त्यसपछि कुश, तिल र जल लिएर प्रतिज्ञा सङ्कल्प गर्नुपर्छ –
अद्येत्यादि देशकालौ स्मृत्वा (अमुक) गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेताया अस्थिसञ्चयननिमित्तकश्राद्धम् एकोद्दिष्टविधिनाऽहं करिष्ये ।
ततः
त्यसपछि
‘देवताभ्यः पितृभ्यश्च’
इति त्रिः पठेत् । अपसव्यं कृत्वा दक्षिणाभिमुखः पातितवामजानुः कुशादीन्यादाय –
— यसो तीन पटक पढ्नुपर्छ । अपसव्य पारेर दक्षिणतिर मुख फर्काई बायाँ घुँडा टेकेर कुश आदि लिएर –
अद्येह (अमुक) गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेताया अस्थिसञ्चयननिमित्तकश्राद्धे इदमासनं ते मया दीयते तवोपतिष्ठताम् ।
इति कुशरूपमासनं दद्यात् । ततः पुटके प्रादेशमात्रं कुशपत्रद्वयात्मकं पवित्रं
— यसरी कुशको आसन दिनुपर्छ । त्यसपछि पुटकामा एक बित्ता लामो, कुशका दुई पात भएको पवित्र
‘पवित्रेस्थो वैष्णव्यौ’
इति मन्त्रेण दक्षिणाग्रं धृत्वा शन्नोदेवीरिति जलं, तिलोसीति तिलान्, गन्धद्वारामिति गन्धम्, श्रीश्चतेति पुष्पं क्षिपेत् । घछ. कुर्यात् तृतीये विप्रस्य चतुर्थे क्षत्रियस्य च । पञ्चमे वैश्यजातेस्तु शूद्रस्य दशमेऽहनि ॥
अस्थिनां सञ्चयः प्रेतं क्रियते देशगौरवात् । इति ब्राह्मे द्वितीयेऽप्यस्थिसञ्चय इति क्वचित् ॥
चतुर्थदिवसेऽस्थिसञ्चयनं कुर्यात् । तेषां गङ्काम्भसि प्रक्षेप इति । व्यवस्था च सूत्रानुसारेण वा ज्ञातव्या । इति विष्णुः तथा– त्र्यहाशौचे द्वितीयेऽह्नि कर्तव्यस्त्वस्थिसञ्चयः । सद्यः शौचे तत्क्षणं च कर्तव्य इति निश्चयः ॥
कर्तव्यं तु नरैः श्राद्धं देशकालाऽविरोधतः ॥
तच्चास्थिसञ्चयनात्पूर्वं सञ्चयनानन्तरं वा सिद्धान्नेन आमान्नेन वा कृत्वा यवचूर्णेन पिण्डः कर्तव्यः ।
— यो मन्त्रले दक्षिणतिर टुप्पो पारेर राखी, ‘शं नो देवीः’ भनी जल, ‘तिलोऽसि’ भनी तिल, ‘गन्धद्वाराम्’ भनी गन्ध र ‘श्रीश्च ते’ भनी फूल हाल्नुपर्छ । ‘ब्राह्मणको तेस्रो दिन, क्षत्रियको चौथो, वैश्यको पाँचौँ र शूद्रको दशौँ दिन गर्नुपर्छ ॥
देशको आदरअनुसार प्रेतको अस्थिसञ्चय गरिन्छ’ — यो ब्रह्मपुराणमा; कतै दोस्रो दिन पनि अस्थिसञ्चय भनिएको छ ॥
चौथो दिन अस्थिसञ्चय गर्नुपर्छ । ती अस्थि गङ्गाजलमा हाल्नुपर्छ । व्यवस्था सूत्रअनुसार पनि बुझ्नुपर्छ — यो विष्णुको वचन । त्यसै गरी — ‘तीन दिनको अशौचमा दोस्रो दिन अस्थिसञ्चय गर्नुपर्छ; सद्यःशौचमा त्यही क्षण गर्नुपर्छ — यही निश्चय हो ॥
मानिसहरूले देश र कालसँग नबाझिने गरी श्राद्ध गर्नुपर्छ’ ॥
त्यो अस्थिसञ्चयभन्दा अघि वा पछि सिद्ध अन्न वा आमान्नले गरेर जौको पिठोले पिण्ड बनाउनुपर्छ ।
ततस्तदर्घ्यपात्रं वामहस्ते कृत्वा सपुष्पं पवित्रमन्नपात्रोपरि
‘नमो नारायणाय’
इति मन्त्रेण उत्तराग्रं धृत्वा
‘या दिव्या आपः’
इति अर्घ्यपात्रस्थजलमभिमन्त्र्य कुशादीन्यादाय –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते अस्थिसञ्चयननिमित्तकश्राद्धे एष हस्तार्घस्ते मया दीयते तवोपतिष्ठताम् ।
इति अर्घ्यजलं पवित्रोपरि उत्सृजेत् । पवित्रसहितमर्घ्यपात्रम् आसनस्य वामपार्श्वे
— यसरी अर्घ्यको जल पवित्रमाथि अर्पण गर्नुपर्छ । पवित्रसहितको अर्घ्यपात्र आसनको बायाँपट्टि
‘प्रेताय स्थानमसि’
इति उत्तानमेव स्थापयेत् । ततो गन्धादिभिरभ्यर्च्य कुशादीन्यादाय –
— यसरी उत्तानै पारेर स्थापना गर्नुपर्छ । त्यसपछि गन्ध आदिले अर्चना गरी कुश आदि लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते अस्थिसञ्चयनश्राद्धे एतानि गन्धपुष्पाक्षतधूप–दीप– नैवेद्य–पूगीफल–वासांसि ते मया दीयन्ते तवोपतिष्ठन्ताम् ।
इति गन्धादिकमुत्सृजेत् । ततश्चतुष्कोणमण्डलं विधाय श्राद्धीयान्नाग्रभागं घृततिलमधुजलयुतमादाय –
— यसरी गन्ध आदि अर्पण गर्नुपर्छ । त्यसपछि चारकुने मण्डल बनाई श्राद्धको अन्नको अग्रभाग घिउ, तिल, मह र जलसहित लिएर –
इदमन्नं सजलमेतद् भूस्वामिपितृभ्यो नमः ।
इत्युत्सृजेत् । अथान्नसङ्कल्पः– सोपस्करं तिलघृतमधुजलयुतमन्नमुपनीय मधुनाभिघार्य पात्रालम्भनाऽवगाहनं विना
— यसरी अर्पण गर्नुपर्छ । अब अन्नको सङ्कल्प– सामग्रीसहित तिल, घिउ, मह र जलसहितको अन्न ल्याई महले अभिघार गरी पात्र नछोई र नडुबाई
पृथिवि ते पात्रं द्यौरपिधानं ब्राह्मणस्य मुखे अमृते अमृतं जुहोमि स्वाहा । इदं विष्णुर्विचक्रमे०
इति पठित्वा
अपहताऽसुरा रक्षाᳩसि वेदिषदः
इति अन्नोपरि तिलान् विकीर्य कुशादीन्यादाय –
अद्येह (अमुक)गोत्राय/गोत्रायै (अमुक)प्रेताय/प्रेतायै अस्थिसञ्चयनश्राद्धे इदमन्नं सोपस्करं ते मया दीयते तवोपतिष्ठताम् ।
इत्युत्सृजेत् । ततः सव्येन
— यसरी अर्पण गर्नुपर्छ । त्यसपछि सव्यले
मधुवातेति
ऋचां पाठः ।
ऋचाको पाठ ।
अन्नहीनं क्रियाहीनं विधिहीनं च यद्भवेत् । तत्सर्वमच्छिद्रमस्तु श्रीभास्करस्य प्रसादतः ॥
नमस्तुभ्यं विरूपाक्ष नमस्तेऽनेकचक्षुषे । नमः पिनाकहस्ताय वज्रहस्ताय वै नमः ॥
इति पठित्वा अपसव्येनान्नपात्रसमीपे पिण्डदानार्थं मृत्पिण्डिकां विधाय तत्र रेखोल्मुकभ्रामणं विना छिन्नमूलकुशानास्तीर्य कुशजलान्यादाय –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते अस्थिसञ्चयनश्राद्धे पिण्डस्थाने इदमवनेजनं ते मया दीयते तवोपतिष्ठताम् ।
इत्यास्तृतकुशोपरि उत्सृजेत् । ततो घृतमधुतिलयुक्तेनान्नेन पिण्डं निर्माय जलतिलकुशसहितं पिण्डमादाय –
— यसरी ओछ्याइएको कुशमाथि अर्पण गर्नुपर्छ । त्यसपछि घिउ, मह र तिलसहितको अन्नले पिण्ड बनाई जल, तिल र कुशसहित पिण्ड लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते अस्थिसञ्चयनश्राद्धे एष पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।
इत्यवनेजनोपरि पिण्डं दद्यात् । आस्तृतकुशमूलेन करं प्रोक्ष्य पिण्डशेषान्नं पिण्डसमीपेविकिरेत् । सव्येनाऽचम्यापसव्यं कृत्वा तूष्णीं भास्वरमूर्तिं प्रेतं चिन्तयेत् । ततः कुशादीन्यादाय –
— यसरी अवनेजनमाथि पिण्ड दिनुपर्छ । ओछ्याइएको कुशको फेदले हात प्रोक्षण गरी पिण्डको बाँकी अन्न पिण्डको छेउमा छर्नुपर्छ । सव्यले आचमन गरी अपसव्य पारेर मौन रूपमा तेजस्वी मूर्तिका रूपमा मृतकको चिन्तन गर्नुपर्छ । त्यसपछि कुश आदि लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते अस्थिसञ्चयनश्राद्धे इदं पिण्डप्रत्यवनेजनं ते मया दीयते तवोपष्ठिताम् ।
इति पिण्डोपरि प्रत्यवनेजनं दद्यात् । ततो नीवीं विस्रंस्य सव्येनाऽचम्य अपसव्यं कृत्वा वामहस्तेन सूत्रमादाय कराभ्यां गृहीत्वा
— यसरी पिण्डमाथि प्रत्यवनेजन दिनुपर्छ । त्यसपछि नीवी फुकाई सव्यले आचमन गरेर अपसव्य भई बायाँ हातले धागो लिई दुवै हातले समाएर
प्रेतैतत्ते वासः
इति पिण्डोपरि सूत्रं धृत्वा गन्धपुष्पादिना पिण्डं सम्पूज्य कुशादीन्यादाय –
— यसरी पिण्डमाथि धागो राखी गन्ध, फूल आदिले पिण्डको पूजा गरेर कुश आदि लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते अस्थिसञ्चयनश्राद्धपिण्डे एतानि सूत्रगन्धपुष्पाक्षतधूपदीपनैवेद्यानि ते मया दीयन्ते तवोपतिष्ठन्ताम् ।
इत्युत्सृजेत् । ततः
— यसरी अर्पण गर्नुपर्छ । त्यसपछि
शिवा आपः सन्तु
इति जलम् ।
— यसरी जल ।
सौमनस्यमस्तु
इति पुष्पम् ।
— यसरी फूल ।
अक्षतञ्चारिष्टमस्तु
इति तण्डुलान् अन्नपात्रोपरि क्षिपेत् । तदनन्तरं कुशादीन्यादाय –
— यसरी चामल अन्नपात्रमाथि हाल्नुपर्छ । त्यसपछि कुश आदि लिएर –
अद्येह (अमुक) गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेताया अस्थिसञ्चयनश्राद्धे दत्तैतदन्नपानादिकमुपतिष्ठताम् ।
इत्यक्षय्योदकं दत्त्वा सव्यं कृत्वा दक्षिणां दिशं पश्यन्
अघोरः प्रेतोस्तु
इति पूर्वाग्रां जलधारां दद्यात् । ततोऽपसव्यं कृत्वा सपवित्रान् कुशानास्तीर्य पुटकस्थजलादिना
— यसरी पूर्वतिर टुप्पो पारेको जलधारा दिनुपर्छ । त्यसपछि अपसव्य पारेर पवित्रसहितका कुश ओछ्याई पुटकामा रहेको जल आदिले
इदमूर्जं ते मया दीयते तवोपतिष्ठताम्
इति पिण्डोपरि दक्षिणाग्रां पयोधारां दद्यात् । ततः पिण्डमाघ्रायोत्थापयेत् ।
— यसरी पिण्डमाथि दक्षिणतिर टुप्पो पारेको दूधको धारा दिनुपर्छ । त्यसपछि पिण्ड सुँघेर उठाउनुपर्छ ।
छिन्नमूलकुशानग्नौ क्षिपेत् । अर्घपात्रं सञ्चाल्य सव्येन दक्षिणाद्रव्यमादाय –
फेद काटिएका कुश आगोमा हाल्नुपर्छ । अर्घ्यपात्र हल्लाई सव्यले दक्षिणाको द्रव्य लिएर –
अद्येह (अमुक) गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेताया अस्थिसञ्चयनश्राद्धप्रतिष्ठार्थमिदं रजतं चन्द्रदैवतं तन्निष्क्रयं द्रव्यं वा यथानामगोत्राय यथानामशर्मणे ब्राह्मणाय दक्षिणां दातुमहमुत्सृजे ।
इति दक्षिणां दद्यात्। अपसव्यं कृत्वा दीपमाच्छाद्य सव्येन हस्तौ पादौ प्रक्षाल्याऽचम्य पठेत् –
— यसरी दक्षिणा दिनुपर्छ । अपसव्य पारेर दियो छोपी सव्यले हात-खुट्टा पखाली आचमन गरेर पढ्नुपर्छ –
प्रमादात् कुर्वतां कर्म प्रच्यवेताध्वरेषु च । स्मरणादेव तद्विष्णोः सम्पूर्णं स्यादिति श्रुतिः ॥
इति पठित्वा विष्णुस्मरणम् । श्राद्धीयवस्तूनि ब्राह्मणाय प्रतिपादयेत् जले वा क्षिपेत् । स्त्रिया अपि सर्वं पुरुषैकोद्दिष्टवद्भवति । ॥
इत्यस्थिसञ्चयनश्राद्धविधिः ॥
— यसो पढेर विष्णुको स्मरण । श्राद्धका वस्तु ब्राह्मणलाई दिनुपर्छ वा जलमा हाल्नुपर्छ । स्त्रीका लागि पनि सबै पुरुषको एकोद्दिष्टजस्तै हुन्छ । ॥
यति नै अस्थिसञ्चयन श्राद्धको विधि ॥

(ठ) पाथेयश्राद्धविधिः

कर्ता स्नानं विधाय श्राद्धभूमिं सर्षपैस्तिलैश्चावकीर्य रक्षादीपं संस्थाप्य श्राद्धवस्तूनि समासाद्याचम्य पूर्वाभिमुख उपविश्य कर्मपात्रं कृत्वा अपवित्रः पवित्रो वेति श्राद्धीयद्रव्याणि आत्मानञ्च सिञ्चेत्। तत्कुशजलान्यादाय प्रतिज्ञासङ्कल्पं कुर्यात् –
कर्ताले स्नान गरी श्राद्धभूमिमा सर्स्यूँ र तिल छरेर रक्षादीप स्थापना गरी श्राद्धका वस्तु जुटाएर आचमन गरी पूर्वतिर मुख फर्काई बसेर कर्मपात्र बनाई ‘अपवित्रः पवित्रो वा’ भन्दै श्राद्धका द्रव्य र आफूलाई सिञ्चन गर्नुपर्छ । त्यही कुश र जल लिएर प्रतिज्ञा सङ्कल्प गर्नुपर्छ –
अद्येत्यादि देशकालौ स्मृत्वा (अमुक) गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेताया मनुष्यलोकात् प्रेतलोकगमनार्थं पाथेयश्राद्धमेकोद्दिष्टविधिनाऽहं करिष्ये ।
ततः
त्यसपछि
‘देवताभ्यः पितृभ्यश्च’
इति त्रिः पठेत् । अपसव्यं कृत्वा दक्षिणाभिमुखः पातितवामजानुः कुशादीन्यादाय –
— यसो तीन पटक पढ्नुपर्छ । अपसव्य पारेर दक्षिणतिर मुख फर्काई बायाँ घुँडा टेकेर कुश आदि लिएर –
अद्येह (अमुक) गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेतायाः पाथेयश्राद्धे इदमासनं ते मया दीयते तवोपतिष्ठताम् ।
इति कुशरूपमासनं दद्यात् ।
— यसरी कुशको आसन दिनुपर्छ ।
ततः पुटके प्रादेशमात्रं कुशपत्रद्वयात्मकं पवित्रं
त्यसपछि पुटकामा एक बित्ता लामो, कुशका दुई पात भएको पवित्र
‘पवित्रेस्थो वैष्णव्यौ’
इति मन्त्रेण दक्षिणाग्रं धृत्वा शन्नोदेवीरिति जलं, तिलोसीति तिलान्, गन्धद्वारामिति गन्धम्, श्रीश्चतेति पुष्पं क्षिपेत् । ततस्तदर्घ्यपात्रं वामहस्ते कृत्वा सपुष्पं पवित्रमन्नपात्रोपरि
— यो मन्त्रले दक्षिणतिर टुप्पो पारेर राखी, ‘शं नो देवीः’ भनी जल, ‘तिलोऽसि’ भनी तिल, ‘गन्धद्वाराम्’ भनी गन्ध र ‘श्रीश्च ते’ भनी फूल हाल्नुपर्छ । त्यसपछि त्यो अर्घ्यपात्र बायाँ हातमा लिई फूलसहितको पवित्र अन्नपात्रमाथि
‘नमो नारायणाय’
इति मन्त्रेण उत्तराग्रं धृत्वा
‘या दिव्या आपः’
इति अर्घ्यपात्रस्थजलमभिमन्त्र्य कुशादीन्यादाय –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते पाथेयश्राद्धे एष हस्तार्घस्ते मया दीयते तवोपतिष्ठताम् ।
इति पवित्रोपरि अर्घ्यजलमुत्सृजेत् । पवित्रसहितमर्घ्यपात्रम् आसनस्य वामपार्श्वे
— यसरी पवित्रमाथि अर्घ्यको जल अर्पण गर्नुपर्छ । पवित्रसहितको अर्घ्यपात्र आसनको बायाँपट्टि
‘प्रेताय स्थानमसि’
इति उत्तानमेव स्थापयेत् । ततोऽभ्यर्च्य कुशादीन्यादाय –
— यसरी उत्तानै पारेर स्थापना गर्नुपर्छ । त्यसपछि अर्चना गरी कुश आदि लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते पाथेयश्राद्धे एतानि गन्धपुष्पाक्षतधूप–दीप–नैवेद्य– पूगीफल–वासांसि ते मया दीयन्ते तवोपतिष्ठन्ताम् ।
इति गन्धादिकमुत्सृजेत् । ततश्चतुष्कोणमण्डलं विधाय श्राद्धीयान्नाग्रभागं घृततिलमधुजलयुतमादाय –
— यसरी गन्ध आदि अर्पण गर्नुपर्छ । त्यसपछि चारकुने मण्डल बनाई श्राद्धको अन्नको अग्रभाग घिउ, तिल, मह र जलसहित लिएर –
इदमन्नं सजलमेतद् भूस्वामिपितृभ्यो नमः ।
इत्युत्सृजेत् । अथान्नसङ्कल्पः– सोपस्करं तिलघृतमधुजलयुतमन्नमुपनीय मधुनाभिघार्य पात्रालम्भनाऽवगाहनं विना
— यसरी अर्पण गर्नुपर्छ । अब अन्नको सङ्कल्प– सामग्रीसहित तिल, घिउ, मह र जलसहितको अन्न ल्याई महले अभिघार गरी पात्र नछोई र नडुबाई
पृथिवि ते पात्रं द्यौरपिधानं ब्राह्मणस्य मुखे अमृते अमृतं जुहोमि स्वाहा । इदं विष्णुर्विचक्रमे....सुरे
इति पठित्वा
अपहताऽसुरा रक्षाᳩसि वेदिषदः
इति अन्नोपरि तिलान् विकीर्य कुशादीन्यादाय –
अद्येह (अमुक)गोत्राय/गोत्रायै (अमुक)प्रेताय/प्रेतायै पाथेयश्राद्धे इदमन्नं सोपस्करं ते मया दीयते तवोपतिष्ठताम् ।
इत्युत्सृजेत् । ततः सव्येन
— यसरी अर्पण गर्नुपर्छ । त्यसपछि सव्यले
मधुवातेति
ऋचां पाठः ।
ऋचाको पाठ ।
अन्नहीनं क्रियाहीनं विधिहीनं च यद्भवेत् । तत्सर्वमच्छिद्रमस्तु श्रीभास्करस्य प्रसादतः ॥
नमस्तुभ्यं विरूपाक्ष नमस्तेऽनेकचक्षुषे । नमः पिनाकहस्ताय वज्रहस्ताय वै नमः ॥
इति अत्र विकिरनिषेधः । अपसव्येनान्नपात्रसमीपे पिण्डदानार्थं पिण्डिकां निर्माय तत्र रेखोल्मुकभ्रामणं विना छिन्नमूलकुशानास्तीर्य कुशजलान्यादाय –
— यसो भनी । यहाँ विकिर गर्न मनाही छ । अपसव्य भई अन्नपात्रनजिक पिण्डदानका लागि पिण्डिका बनाएर, त्यहाँ रेखा कोर्ने र आगोको मुढा घुमाउने काम नगरीकनै फेद काटिएका कुश ओछ्याई कुश र जल लिएर —
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते पाथेयश्राद्धे पिण्डस्थाने इदमवनेजनं ते मया दीयते तवोपतिष्ठताम् ।
इत्यास्तृतकुशोपरि उत्सृजेत् । ततो घृतमधुतिलयुक्तेनान्नेन पिण्डं निर्माय जलतिलकुशसहितं पिण्डमादाय –
— यसरी ओछ्याइएको कुशमाथि अर्पण गर्नुपर्छ । त्यसपछि घिउ, मह र तिलसहितको अन्नले पिण्ड बनाई जल, तिल र कुशसहित पिण्ड लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते पाथेयश्राद्धे एष पिण्डस्ते मया दीयते तवोपतिष्ठताम् ।
इत्यवनेजनोपरि पिण्डं दद्यात् । आस्तृतकुशमूलेन करं प्रोक्ष्य पिण्डशेषान्नं पिण्डसमीपेविकिरेत् । सव्येनाऽचम्यापसव्यं कृत्वा तूष्णीं भास्वरमूर्तिं प्रेतं चिन्तयेत् । ततः कुशादीन्यादाय –
— यसो भनी अवनेजनमाथि पिण्ड दिनुपर्छ । ओछ्याइएका कुशको फेदले हात छर्केर पिण्डबाट बाँकी अन्न पिण्डनजिक छर्नुपर्छ । सव्य भई आचमन गरी अपसव्य भएर मौन रूपमा प्रेतको तेजस्वी मूर्ति चिन्तन गर्नुपर्छ । त्यसपछि कुश आदि लिएर —
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते पाथेयश्राद्धे इदं पिण्डप्रत्यवनेजनं ते मया दीयते तवोपष्ठिताम् ।
इति पिण्डोपरि प्रत्यवनेजनं दद्यात् । ततो नीवीं विस्रंस्य सव्येनाऽचम्य अपसव्यं कृत्वा वामहस्तेन सूत्रमादाय कराभ्यां गृहीत्वा
— यसरी पिण्डमाथि प्रत्यवनेजन दिनुपर्छ । त्यसपछि नीवी फुकाई सव्यले आचमन गरेर अपसव्य भई बायाँ हातले धागो लिई दुवै हातले समाएर
प्रेतैतत्ते वासः
इति पिण्डोपरि सूत्रं धृत्वा गन्धपुष्पादिना पिण्डं सम्पूज्य कुशादीन्यादाय –
— यसरी पिण्डमाथि धागो राखी गन्ध, फूल आदिले पिण्डको पूजा गरेर कुश आदि लिएर –
अद्येह (अमुक)गोत्र/गोत्रे (अमुक)प्रेत/प्रेते पाथेयश्राद्धपिण्डे एतानि सूत्रगन्धपुष्पाक्षत– धूपदीपनैवेद्यानि ते मया दीयन्ते तवोपतिष्ठन्ताम् ।
इत्युत्सृजेत् । ततः
— यसरी अर्पण गर्नुपर्छ । त्यसपछि
शिवा आपः सन्तु
इति जलम् ।
— यसरी जल ।
सौमनस्यमस्तु
इति पुष्पम् ।
— यसरी फूल ।
अक्षतञ्चारिष्टमस्तु
इति तण्डुलान् अन्नपात्रोपरि क्षिपेत् । तदनन्तरं कुशादीन्यादाय –
— यसरी चामल अन्नपात्रमाथि हाल्नुपर्छ । त्यसपछि कुश आदि लिएर –
अद्येह (अमुक) गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेताया पाथेयश्राद्धे दत्तैतदन्नपानादिकमुपतिष्ठताम् ।
इत्यक्षय्योदकं दत्त्वा सव्यं कृत्वा दक्षिणां दिशं पश्यन्
अघोरः प्रेतोस्तु
इति पूर्वाग्रां जलधारां दद्यात् ।
— यसरी पूर्वतिर टुप्पो पारेको जलधारा दिनुपर्छ ।
ततोऽपसव्यं कृत्वा सपवित्रान् कुशानास्तीर्य पुटकस्थजलादिना
इदमूर्जं ते मया दीयते तवोपतिष्ठताम्
इति पिण्डोपरि दक्षिणाग्रां पयोधारां दद्यात् । ततः पिण्डमाघ्रायोत्थापयेत् । छिन्नमूलकुशानग्नौ क्षिपेत् । अर्घपात्रं सञ्चाल्य सव्येन दक्षिणाद्रव्यमादाय –
— यसो भनी पिण्डमाथि दक्षिणतिर बग्ने दूधको धारा दिनुपर्छ । त्यसपछि पिण्ड सुँघेर उठाउनुपर्छ । फेद काटिएका कुश आगोमा हाल्नुपर्छ । अर्घ्यपात्र सारेर सव्य भई दक्षिणाको द्रव्य लिएर —
अद्येह (अमुक) गोत्रस्य/गोत्रायाः (अमुक)प्रेतस्य/प्रेताया मनुष्यलोकात् प्रेतलोकगमनार्थं पाथेयश्राद्धप्रतिष्ठार्थमिदं रजतं चन्द्रदैवतं तन्निष्क्रयं द्रव्यं वा यथानामगोत्राय यथानामशर्मणे ब्राह्मणाय दक्षिणां दातुमहमुत्सृजे ।
इति दक्षिणां दद्यात्। अपसव्यं कृत्वा दीपमाच्छाद्य सव्येन हस्तौ पादौ प्रक्षाल्याऽचम्य पठेत् –
— यसरी दक्षिणा दिनुपर्छ । अपसव्य पारेर दियो छोपी सव्यले हात-खुट्टा पखाली आचमन गरेर पढ्नुपर्छ –
प्रमादात् कुर्वतां कर्म प्रच्यवेताध्वरेषु च । स्मरणादेव तद्विष्णोः सम्पूर्णं स्यादिति श्रुतिः ॥
इति पठित्वा विष्णुस्मरणम् । श्राद्धीयवस्तूनि ब्राह्मणाय प्रतिपादयेत् जले वा क्षिपेत् । स्त्रिया अपि सर्वं पुरुषैकोद्दिष्टवद्भवति ।
— यसो पढेर विष्णुको स्मरण । श्राद्धका वस्तु ब्राह्मणलाई दिनुपर्छ वा जलमा हाल्नुपर्छ । स्त्रीका लागि पनि सबै पुरुषको एकोद्दिष्टजस्तै हुन्छ ।
॥ इति पाथेयश्राद्धविधिः ॥
॥ यति नै पाथेय श्राद्धको विधि ॥

दाहसंस्कारका लागि आवश्यक सामग्री

शवलाई फेराउने धोती, जनै, चन्दन, फूल, अबिर, माला, लावा, पीताम्बर, चिता बनाउने दाउरा, श्रीखण्ड, तुलसीको डाँठ, कपूर, घिउ । मुखमा हालिदिने– पञ्चरत्न वा सुन । छातीमा राखिदिने– चामल, रुपियाँ, पैसा, वस्त्र । चितामा पिण्ड दिन– गाईको दुध, चामल, तिल, कुश इत्यादि । पञ्चकमरण भएमा– कुशको प्रतिमा (मान्छेको आकार)– ५, जौको पिठो, भेडाको ऊन, मासका दाना ।

शब्दार्थाः

शवः = लास । चिता = मान्छे पोल्नका निमित्त सात तला बनाई दाउरा सजाएर राखिएको। शिरःप्रभृति = शिरदेखि लिएर । अग्निदानम् = दागबत्ती दिनु । अस्थिप्रक्षेपः = अस्तु सेलाउनु । कपोतावशेषः = परेवाजत्रो बाँकी रहेको । शवानुगमनकर्तारः = मलामीहरू । द्विवासा = धोती र उपर्ना लाएर । दशगात्रम् = दशक्रिया । त्रिकाष्ठिका = पैयूँका तीनओटा काठलाई बाँधेर बनाएको त्रिकाठी । अहर्निशम् = दिनरात ।

अभ्यासः

१. परस्परं मेलयत
(क) प्रथमदिनम् अमेध्यकृमि द्वितीयदिनम् पुरीषभक्षम् तृतीयदिनम् अन्धतामिस्रम् चतुर्थदिनम् जातिसंस्रवम् पञ्चमदिनम् रौरवम् षष्ठदिनम् जातिपुष्करम् सप्तमदिनम् तामिस्रम् अष्टमदिनम् हाहाकारम् नवमदिनम् घोरान्धकारम् दशमदिनम् स्वमांसभक्षम् कुम्भीपाकम्
(ख) मृत्युस्थाने पान्थः चत्वरस्थाने शवः चतुष्पथस्थाने साधकः विश्रामस्थाने प्रेतः काष्ठसञ्चयनस्थाने निशाचरः चितास्थाने खेचरः भूतः
२. अधस्तनप्रश्नान् समाधत्त
(क) शवस्य श्मशाने नयनप्रकारं वर्णयत । (ख) चितायां शवस्थापने कोऽपि विशेषविधिरस्ति चेत् विविच्य वर्णयत । (ग) अर्घहोमस्येतिकर्तव्यता वर्णनीया । (घ) चितापिण्डदानविधिं ग्रन्थाधारेण सर्वं लिखत । (ङ) उदकदानविधिं प्रयोगानुसारेण प्रदर्शयत् । (च) काकबलिदानमन्त्रः कः ? (छ) अष्टमदिनस्य विशेषवाक्यं प्रदर्शयत । (ज) अस्थिसञ्चयनश्राद्धस्येतिकर्तव्यता संक्षेपेण वर्णनीया । (झ) पाथेयश्राद्धकालं निर्दिश्य विशेषकार्याणि निरूपणीयानि ।

सम्बन्धित पाठ र तयारी

  • सोह्र संस्कारको परिचय
  • व्रतबन्ध (उपनयन / छेवर) पूजा सामग्री सूची
  • विवाह पूजा सामग्री सूची

स्रोत र सम्पादन

सामग्री व्यवस्थापन: Karmakanda Admin

स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड संस्कार पाठसंग्रह र अभिलेखित सन्दर्भ सामग्री।

स्रोत, प्रकाशन र सम्पादन विधिबारे पढ्नुहोस्

कर्मकाण्ड लोगोकर्मकाण्डसनातन ज्ञान, सरल नेपालीमा

॥ तमसो मा ज्योतिर्गमय ॥अन्धकारबाट उज्यालोतर्फ।

माथि जानुहोस् ↑
© कर्मकाण्ड। सर्वाधिकार सुरक्षित।गोपनीयता नीतिश्रद्धा र समर्पणका साथ निर्मित ✧IP Geolocation by DB-IP
🌐

आफ्नो भाषा छान्नुहोस्अपनी भाषा चुनेंChoose your language

देशअनुसार प्रारम्भिक भाषा राखिएको छ। तपाईं आफ्नो रुचिको भाषा रोज्न सक्नुहुन्छ।

तपाईंले रोजेको भाषा यस ब्राउजरमा सम्झिइनेछ। माथिका भाषा बटनबाट जुनसुकै बेला बदल्न सक्नुहुन्छ।