विवाह पूजा सामग्री सूची
स्थानीय परम्परा, सहभागी संख्या र अनुष्ठानअनुसार मात्रा फरक हुन्छ। खरिदअघि पुरोहितसँग सूची मिलाउनुहोस्।
सामान्य पूजा र पूर्वाङ्गका सामग्री
- कलश ४ साना र २ ठूला; तामाको थाली, पञ्चपात्र, आचमनी र कर्मपात्र बनाउने तामाको भाँडो।
- गङ्गाजल, शुद्ध जल, गोमूत्र र सप्तमृत्तिका; शङ्ख र घण्टी।
- कुश १ मुठा, दूबो, आँप–चाँप–पीपलका पात, बेलपत्र, तुलसीपत्र र पञ्चपल्लव।
- मौसमी फूल १ थाली जति, फूलमाला र तोरण आवश्यकताअनुसार।
- चन्दन, अक्षता, सिन्दूर, अबिर, केशरी, जौ, तिल, सर्स्यूँ र सर्वौषधि।
- दीयो, घिउ वा तेलमा भिजाएका बत्ती, धूप, अगरबत्ती, कपूर र धुपौरो।
- पञ्चामृतका लागि दूध, दही, घिउ, मह र चिनी।
- जनै र सुपारी करिब १४–१५ वटा, रक्षासूत्र र पानका पात।
- फलफूल, मिठाई, लड्डु, अपुंगो, घरमा पकाएका नैवेद्य, सुकेको र काँचो नरिवल १–१ वटा।
- चामल करिब ४–५ पाउण्ड; पूर्णपात्र वा चलनअनुसार सिधा।
- रातो, सेतो र पहेँलो कपडा करिब १–१ मिटर; पुरोहित वरणका वस्त्र र आवश्यक सौभाग्य सामग्री।
- दुना, टपरी, बोहोता वा उपलब्ध थाली–कचौरा; चम्चा, सफा कपडा र कागजी रुमाल।
- खुद्रा भेटी, फल–ताम्बूल र श्रद्धाअनुसार दक्षिणा।
हवनका सामग्री
- रेखी बनाउन चामलको पीठो १ प्याकेट र कुश।
- हवनकुण्ड वा उपयुक्त अग्निपात्र; ईँटा, बालुवा र माटो।
- करिब १ फिट लामा सुकेका दाउरा ४० वटा जति; अनुष्ठानअनुसार समिधा।
- हवन सामग्री १ प्याकेट, घिउ करिब १ कचौरा र चरु १ थाली।
- स्रुव वा होम गर्ने चम्चा, घिउको पात्र, प्रणीता र पूर्णपात्र।
मातृका पूजा र नान्दी श्राद्ध
- दीयो, कलश, गणेश, काठको पिर्का, गोबर, दूबो, कुश, चन्दन, अक्षता, फूल, फल र नैवेद्य।
- परम्पराअनुसार सारी, चोलो, साया, चुरा, पोते, ऐना, धागो र गाजलको १ सेट।
- नान्दीका लागि जनै, सुपारी, धूपबत्ती, दीयो र चलनअनुसार ५ वा ७ भाग सिधा; बाँकी सामग्री पुरोहितसँग मिलाउने।
ग्रहशान्ति गर्ने भएमा
- आँक, पलास, खयर, अपामार्ग, पीपल, डुम्री, शमी, दूबो र कुशको नवग्रह समिधा।
- पञ्चरङ्गी अक्षता, फूल, दही, बुट्टे कपडा र परम्पराअनुसार ग्रहदानका सामग्री।
विवाहका विशेष सामग्री
- लग्नपत्र, लगनगाँठोको कपडा, सिन्दुरे र छिटको कपडा, सिन्दूरको बट्टा र सिन्दूर।
- बेहुलीका वस्त्र, पोते, गहना र चलनअनुसार माहुर; बेहुली पक्षको नाङ्लो।
- चलनअनुसार कसारको पीठो, सखर, दहीको ठेकी, पेरुङ्गो, उखु, धान, पात र सिन्का; अन्य स्थानीय सामग्री परिवारसँग मिलाउने।
- चतुर्थीमा हवन गर्ने भए हवन सामग्री छुट्टै राख्ने।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

