रुद्री / रुद्राभिषेक पूजा सामग्री सूची
पढ्नुअघि बुझ्नुहोस्
रुद्री वा रुद्राभिषेकको तयारीका लागि आवश्यक सामग्री यहाँ संकलित छ। मन्त्रपाठ पढ्न सस्वर रुद्री र अनुष्ठानको संकल्पका लागि छुट्टै संकल्प पृष्ठ खोल्नुहोस्।
रूद्री पूजाको लागि चाहिने सामानहरू
- कलश ४ सानो -१ ठूलो, पन्चपात्रो-आचमनी, कर्मपात्रो बनाऊने तामाको भाडो, कुश
- गंगा जल, गौमूत्र, रेखी हाल्नको लागि चामलको पीठो -१ प्याकेट, बिभूति भस्म (संभव भएमा), धतुरोको फूल (संभव भएमा)
- अक्षता, फूल, दूवो, फलफूल (केरा, सुन्तला, स्याउ, नरिवल), पान मसला, फूल-माला (भएमा), अपुंगो, मिठाई, घरमा पकाएको मिष्ठान्न पकवान नैवेद्य आदि
- धूप, अगरबत्ती, दीयो -१ (बत्ती घ्यू वा तेलमा भिजाएर), रक्षाबन्धनको धागो-१, घरमा टाँग्ने तोरण (संभव भएमा)
- सिन्दूर, चन्दन, अबिर, केशरी, जौ, तिल, सर्स्यू, सर्बोषधि, जनै ५, सुपारी ५, आँप, चाँप, पिपलको पात, बेल पत्र, तुलसी पत्र, फूल -१ थाली जति,
- शिवजीलाई चढाउने वस्त्र, पार्वतीको लागि रातो धोती र सौभाग्य सामान, सुतिको रातो-सेतो-पहेलो कपडा १्/१ मिटर जति (मिले सम्म), खुद्रा भेटी
- पञ्चामृत (दूध, दही, घ्यू, मह, चिनी),शंख-घण्ट, कपूर, तामाको थाली (विष्णुपादूका),
- रातो पेपर वा प्लाष्टिक प्लेट र कचौरा – १०-१२ थान, प्लाष्टिकको चम्चा – १० गोटा, पेपर टावेल – १ रोल,
- चामल ४-५ पाउण्ड जति, सुकेको नरिवल-१
- पूर्णपात्रो / १ भाग सिदा (चलन अनुसार)
- शिवलिंग, जलहरी, त्रिखुट्टी (गूरुले लेराऊने) , अभिषेक गर्ने खड्कुलो (उपलब्ध भएमा)
- द्रव्य-दक्षिणा श्रद्धा अनुसार।
सामान्य प्रश्न र उत्तर
रुद्रीको मूलपाठ कहाँ पढ्ने?
तलको सस्वर रुद्री लिंकमा रुद्राष्टाध्यायीको मूलपाठ उपलब्ध छ।
सामग्री सूची सबै ठाउँमा उस्तै हुन्छ?
परम्परा, सहभागी संख्या र पूजाको स्वरूपअनुसार सूचीमा थपघट हुन सक्छ। यसलाई तयारीको आधार मानी अन्तिम आवश्यकता पुरोहितसँग मिलाउनुहोस्।
सम्बन्धित पाठ र तयारी
- रुद्राष्टाध्यायी (रुद्री पाठ)
- अमेरिका र क्यानडाको लागि संकल्प
- सामान्य हवन तथा कलश स्थापना सामग्री सूची
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: कर्मकाण्डमा मूल रूपमा प्रकाशित रुद्री / रुद्राभिषेक पूजा सामग्री सूची लेख / सामग्री सूची।
मूल प्रकाशन:
परिचय, प्रश्नोत्तर र सन्दर्भ अद्यावधिक: । मूल मन्त्रपाठको नयाँ शास्त्रीय समीक्षा भएको दाबी यस मितिले गर्दैन।

