सामान्य हवन तथा कलश स्थापना सामग्री सूची
स्थानीय परम्परा, सहभागी संख्या र अनुष्ठानअनुसार मात्रा फरक हुन्छ। खरिदअघि पुरोहितसँग सूची मिलाउनुहोस्।
सामान्य पूजा र पूर्वाङ्गका सामग्री
- कलश ४ साना र २ ठूला; तामाको थाली, पञ्चपात्र, आचमनी र कर्मपात्र बनाउने तामाको भाँडो।
- गङ्गाजल, शुद्ध जल, गोमूत्र र सप्तमृत्तिका; शङ्ख र घण्टी।
- कुश १ मुठा, दूबो, आँप–चाँप–पीपलका पात, बेलपत्र, तुलसीपत्र र पञ्चपल्लव।
- मौसमी फूल १ थाली जति, फूलमाला र तोरण आवश्यकताअनुसार।
- चन्दन, अक्षता, सिन्दूर, अबिर, केशरी, जौ, तिल, सर्स्यूँ र सर्वौषधि।
- दीयो, घिउ वा तेलमा भिजाएका बत्ती, धूप, अगरबत्ती, कपूर र धुपौरो।
- पञ्चामृतका लागि दूध, दही, घिउ, मह र चिनी।
- जनै र सुपारी करिब १४–१५ वटा, रक्षासूत्र र पानका पात।
- फलफूल, मिठाई, लड्डु, अपुंगो, घरमा पकाएका नैवेद्य, सुकेको र काँचो नरिवल १–१ वटा।
- चामल करिब ४–५ पाउण्ड; पूर्णपात्र वा चलनअनुसार सिधा।
- रातो, सेतो र पहेँलो कपडा करिब १–१ मिटर; पुरोहित वरणका वस्त्र र आवश्यक सौभाग्य सामग्री।
- दुना, टपरी, बोहोता वा उपलब्ध थाली–कचौरा; चम्चा, सफा कपडा र कागजी रुमाल।
- खुद्रा भेटी, फल–ताम्बूल र श्रद्धाअनुसार दक्षिणा।
हवनका सामग्री
- रेखी बनाउन चामलको पीठो १ प्याकेट र कुश।
- हवनकुण्ड वा उपयुक्त अग्निपात्र; ईँटा, बालुवा र माटो।
- करिब १ फिट लामा सुकेका दाउरा ४० वटा जति; अनुष्ठानअनुसार समिधा।
- हवन सामग्री १ प्याकेट, घिउ करिब १ कचौरा र चरु १ थाली।
- स्रुव वा होम गर्ने चम्चा, घिउको पात्र, प्रणीता र पूर्णपात्र।
कलश स्थापनाका सामग्री
- कलश, शुद्ध जल, पञ्चपल्लव वा आम्रपल्लव, नरिवल, कपडा, सूत्र, चन्दन, अक्षता, फूल, सुपारी र भेटी।
- कलश राख्न चामल वा अन्नको आधार, थाली र स्थिर सफा स्थान।
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: उपलब्ध गराइएको कर्मकाण्ड मूलपाठ संग्रह; डिजिटल संकलनको स्रोत विवरण सुरक्षित राखिएको छ।

