हवन / रूद्राभिषेक र सत्यनारायण पूजाको सामग्रीहरू
**हवनको लागि आवश्यकीय सामग्रीहरू***
कलश ४ सानो – २ ठूलो,
पन्चपात्रो-आचमनी, कर्मपात्रो बनाऊने तामाको भाडो,
आँप, चाँप, पिपलको पात, बेल पत्र, तुलसी पत्र, दूबो, फूल -१ थाली जति,
गंगा जल, गौमूत्र, रेखी हाल्नको लागि चामलको पीठो -१ प्याकेट,
फलफूल (केरा, सुन्तला, स्याउ, सुकेको नरिवल), पान मसला, फूल-माला (भएमा),
अपुंगो, मिठाई, घरमा पकाएको मिष्ठान्न पकवान नैवेद्य आदि
धूप, अगरबत्ती, दीयो -१ (घ्यू वा तेल),
ब्राम्हण वरणको कपडा, रक्षाबन्धनको धागो-१, काँचो नरिवल -१
सिन्दूर, चन्दन, अक्षता, अबिर, केशरी, जौ, तिल, सर्स्यू, सर्बोषधि,
जनै १४-१५, सुपारी १४-१५, कुश १ मूठा (अनिवार्य),
रातो-सेतो-पहेलो कपडा १/१ मिटर जति (मिले सम्म)
पञ्चामृत (दूध, दही, घ्यू, मह, चिनी), शंख-घण्ट, कपूर, तामाको थाली (विष्णुपादूका),
खुद्रा भेटी, सौभाग्यको सामान – १ जोर
रातो पेपर वा प्लाष्टिक प्लेट र कचौरा – १०-१२ थान,
प्लाष्टिकको चम्चा – १० गोटा, पेपर टावेल – १ रोल,
हवन सामग्री १ प्याकेट, हवनको लागि घ्यू १ कचौरा जति, चरू – १ थाली
चामल ४-५ पाउण्ड जति,
पूर्णपात्रो / १ भाग सिदा (चलन अनुसार)
दाउरा – १ फिटका ४० वटा जति, ईट्टा/बालुवा/माटो/वा आल्मुनियम फ्वाइल-अग्निस्थापना गर्ने भाडो,
द्रव्य-दक्षिणा श्रद्धा अनुसार।
***** रुद्रीको लागि थप *****
बिभूति भस्म (संभव भएमा), धतुरोको फूल (संभव भएमा)
घरमा टाँग्ने तोरण (संभव भएमा)
शिवलिंग, जलहरी, त्रिखुट्टी ,
सौभाग्यको सामान – १ जोर
अभिषेक गर्ने खड्कुलो (उपलब्ध भएमा)
पूर्णपात्रो १ भाग
आधा ग्यालन दूध ।
***** सत्यनारायण पूजाको लागि थप *****
अपुङ्गो (अपूप), नैवेद्य,खजुर (Dry Dates)
जनै ९ , सिङ्गो सुपारी ९ वटा,
केराको पात, पानको पात, आँप/पीपलको पात (भेटे सम्म)
पञ्चामृतः दुध, दही, घ्यू, चिनी, मह
लक्ष्मी र नारायणलाई चढाउने वस्त्र –१-१ थान
लक्ष्मीलाई सौभाग्यको सामान – १
ठूलो कलश-१ तामाको थाली (विष्णुपादूका)
स्वर्ण प्रतिमा वा लक्ष्मीनारायणको तस्वीर,
सुख्खा फलफूल (पञ्च मेवा), काजु किस्मिस बदाम आदि
सुकेको नरीवल – १, पानी भएको नरीवल – १
पूर्णपात्रो १ भाग, सिदा १ भाग
सामग्रीहरू स्थानीय परम्परा र विश्वास अनुसार भिन्न हुन सक्छन्। आफ्नो चलन परम्परा अनुसार तयार गर्नु होला ।
लाग्ने समय अन्दाजी ६/७ घण्टा
सम्बन्धित पाठ र तयारी
स्रोत र सम्पादन
सामग्री व्यवस्थापन: Karmakanda Admin
स्रोत: कर्मकाण्डमा मूल रूपमा प्रकाशित हवन / रूद्राभिषेक र सत्यनारायण पूजाको सामग्रीहरू लेख / सामग्री सूची।
मूल प्रकाशन:

